Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

देउवा सरकारले भूकम्पपिडितलाई थप्ने भनेको १ लाख प्राधिकरणले दिन नसक्ने

admin

शेरबहादुर देउवा नेतृत्वको सरकारले भुकम्प पीडितलाई दिने भनिएको थप एक लाख अहिले कार्यान्वयनमा आउन नसक्ने राष्ट्रिय पूननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले स्पष्ट पारेका छन् ।  शनिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै भुषालले प्राधिकरणलाई निर्णयबारे औपचारिक जानकारी नभएको समेत बताए ।
उनले भने,‘एक लाख रकम थप्ने निर्णय भएको कुरा बाहिर आएको छ, यसबारे हामीकहाँ हिजोको मितिसम्म कुनै जानकारी आएको छैन्, यदि निर्णय गरेर हामीकहाँ आयो भने पनि यो रकम दिन अर्को नयाँ सरकार नआएसम्म सम्भव छैन।’

पीडितका आँशु पुछनेगरि आफूहरुले काम गरिरहेको उनले विश्वास दिलाए । उनले भने,‘आउने बैशाख १२ गते भुकम्प दिवस पनि हो, त्यतिवेला अर्को नतिजा दिनेगरि केही योजनासहितका काम गर्छौं।’
त्यस्तै, उनले यही माघ मसान्त भित्रै १ लाख घर निर्माण भैसक्ने र ३ लाख निर्माण जारी राख्ने विश्वास दिलाए । उनले प्राधिकरणलाई अझै १३ अर्ब रुपैयाँ आवश्यक पर्नसक्ने पनि जनाए ।

प्राविधिकहरुले सिफारिस नगरेसम्म दोस्रो र तेस्रो किस्ता दिन नमिल्ने भएकोले उक्त समस्या हल गर्नको लागि आफूहरुले पहल गरेको उनले बताए । त्यस्तै उनले विगतमा डकर्मीको काम गरेकाहरुलाई पनि आफूहरुले तालिम दिने व्यवस्था गरेको सुनाए ।
त्यस्तै उनले नीजी आवास निर्माणको लागि ढुँगा, बालुवा, गिटीको कुनै अभाव नभएको पनि स्पष्ट पारे । उनका अनुसार काठको पनि कुनै अभाव छैन ।
भुषालले यही माघ १ गतेको कार्यविधिले अशक्त, एक महिला, टुहुराटुहुरीको लागि प्राधिकरणले आफै घर निर्माण गरिदिने पनि जानकारी दिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको