Logo
17 Jul 2025    २ श्रावण २०८२, बिहीबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

दलहरु आफ्ना घोषित सिद्धान्त त्यागेर संकीर्णताको बाटोमा हिँड्नु हुदैन: डा.डिआर उपाध्याय

admin

पार्टीहरूमा गुटबन्दीको राजनीति यति बेला नेपालको राजनीति त्यति सहि ढंगले अघि बढन सकेको छैन । सत्तारुढ दल नेकपामा लामो समय देखि बिवाद कायम छ । मुलुकको सवै भन्दा ठूलो दल भित्र विवाद हुँदा सवैको ध्यान केन्द्रित हुँदो रहेछ । यो स्वभाविक पनि हो । मैले त पटक पटक भन्दै , लेख्दै आएको छु । नेकपा भित्रको विवाद छिटो समाधान हुनु पर्छ । यो पाटी फुटनु हुदैन । किन भने यो पाटी बिभाजित भयो भने लोकतन्त्र खतरामा पर्छ । नेकपा भित्रको विवादलाई कुनै अर्थमा राम्रो मान्न सकिदैन । यो बिचार , सिद्धान्तको लडाई होइन , सत्तास्वार्थको लडाई हो । यसमा कसैले साथ दिन सकिदैन । यदि पाटी बिभाजित भईहाल्यो भने किन रुन्छस् मंगले आफनै ढंगले भन्र्ने उखान सावित हुने छ । शक्ति र सत्ताको आडमा आफूलाई जे मन लाग्यो त्यो गर्न कसैलाई छुट छैन । यति बेला कोरोनाका कारण उद्योग–व्यवसाय, व्यापार, कृषि, पर्यटन, जलस्रोतजस्ता कुनै पनि क्षेत्र सफल हुन सकेका छैनन् । अव सरकारले दूरगामी नीति लिनु आबश्यक छ । यो सरकारको काम र कर्तव्य हो ।

राजनीतिको लगाम सधैं सीमित मानिसको स्वार्थको घेरामा रहयो । जसले गर्दा देशको बिकास हुन सकेको छैन । दलहरु एक आपसमा झगडा गर्छन । समाधान खोज्नेतिर कोही लाग्दैनन् । नेकपामा मात्र होइन , सबै दलमा विवाद छ । सत्तामा रहेको नेपाल कम्युनिस्ट पार्टीमाथि जनताले भरोसा नगरेका होइनन्, तर अहिले सरकारमा रहेको बेला नेकपा आन्तरिक विवादमा फसेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पनि आन्तरिक विवादमा छ । जनता समाजवादी पार्टीभित्र पनि विवाद छ । तर सार्वजनिक रूपमा बाहिर आइसकेको छैन । कुनै पनि दलहरु आफ्ना घोषित सिद्धान्त त्यागेर संकीर्णताको बाटोमा हिँड्नु हुदैन । आफ्ना घोषित सिद्धान्त त्यागेर हिडे जनताले साथ नदिन सक्छन ।अर्कातिर देशको शासनमा बसेकाहरू आपसी मेलमिलापको सट्टा विवाद र मनमुटावको बाटोमा लागेका छन् । नेपालको राजनीतिमा विवाद र झगडा नौलो कुरा होइन । नेकपाको विवाद मूलतः सत्ताकेन्द्रित छ ।

प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेरपुच्छर लगाउँदैनन् । उनको अहिलेको व्यवहारले नेकपाको विवाद सहज ढंगले टुंगोमा पुग्ला भन्ने देखिँदैन ।पार्टीहरूमा गुटबन्दीको राजनीति मौलाएको छ । यसले देश र पाटी दुवैलाई घात भईरहेको छ । यति बेला कोरोना महामारीले जनता आक्रान्त छन्, दिनहुँ हजारौं संक्रमित फेला पर्दै छन्, कोरोनाबाट हुने मृत्युले तीव्रता लिएको छ । कोरोना महामारीको रोकथाम र नियन्त्रण कसरी गर्ने भन्र्ने बिषयमा सवै राजनीतिक दलहरुको ध्यान पुग्नु जरुरी छ । सधै सत्ता स्वार्थको राजनीति गरेर जनता अलमलाउने काम दलहरुले गर्नु हुदैन । यो बिषम परिस्थितीमा सवैको साथ सहयोग आबश्यक छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको