Logo
14 Jan 2026    १ माघ २०८२, बुधबार

ताजा खबर

महामन्त्रीद्वय गगन–विश्व र सहमहामन्त्री मन्सुर पाँच वर्षे निष्कासनमा, अन्य नेता जिम्मेवारीमा फर्कन आह्वान विशेष महाधिवेशन पक्षले ८ बुँदे माग देउवालाई पठाइयो सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन रवि लामिछानेको निवेदन पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ : कार्यवाहक सभापति खड्का गायन र नृत्यमा बाल प्रतिभाको महाउत्सव , ‘लिटल च्याम्पियन्स नेपाल–२’ भव्य रुपमा सम्पन्न देउवा र गगन–विश्वबीच सहमति भएन

थप १९ सय ४६ जनामा कोरोना संक्रमण

admin

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार देशभरमा थप १ हजार ९४६ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ।आज देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ५०३ जना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ७० हजार ६३२ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोनको संक्रमणबाट निधन भएको छ। योसँगै कोरोनाका कारण निधन हुनेको संख्या १ हजार २१५ पुगेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको