Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड

कर्मनासा खोलाको जग्गा कम्पनीको नाममा दर्ता, ३५ जना जग्गाधनी अनुसन्धानको दायरामा

admin

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर जिल्लाको हरिसिद्धि र धापाखेलको सिमाना भएर बग्ने कर्मनासा खोलाको जग्गा खोजी गर्ने क्रममा दुई संस्थासहित ३५ जना जग्गाधनीलाई अनुसन्धानको दायरामा ल्याएको छ ।
खोलाको प्राकृतिक धार परिवर्तन गरी तत्कालीन नापी कार्यालय, मालपोत कार्यालय र तत्कालीन ललितपुर उपमहानगरपालिकाका केही कर्मचारीको मिलेमतोमा कर्मनासा खोलाको करिब सात रोपनी जग्गा हडपेर कम्पनीको नाममा दर्ता गरेपछि आयोगमा उजुरी परेको थियो । त्यसपछि आयोगले अनुसन्धान सुरु गरेको हो ।

सार्वजनिक जग्गा संरक्षण गर्नुपर्छ भन्ने असल भावना भएका केही व्यक्तिको उजुरी परेपछि आयोगले प्रारम्भिक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
आयोगका प्रवक्ता तारानाथ अधिकारीले ललितपुर जिल्लाको साबिक हरिसिद्धि र धापाखेल गाविसको सिमानामा पर्ने कर्मनासा खोलाको जग्गा कम्पनीको जग्गामा घुसाइ दर्ता गरेको भन्ने विषयमा केही कुरा बुझ्नुपर्ने भएकाले जग्गाधनीलाई आयोगमा हाजिर हुन सूचित गरिएको जानकारी दिनुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको