Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

बाबुराम दम्पत्तिको कोरोना रिपोर्ट फेरि पोजेटिभ

admin

लामो समयदेखि कोरोना संक्रमण भएर होम आइसोलेशनमा रहेका जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी श्रीमती हिसिला यमीको कोरोना रिपोर्ट फेरि पोजेटिभ आएको छ।

डा. भट्टराईले ट्वीट गर्दै स्वास्थ्य सुधारोन्मुख भए पनि फेरि आइसोलेशनमै बस्नुपर्ने रिपोर्ट आएको बताएका छन्। यसअघि पनि दुबैजनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। कोरोना संक्रमण भएको पुष्टि भएपछि दुई पटक गरिएको परीक्षणमा पनि दुबैजनाको रिपोर्ट पोजेटिभ आएको हो।

डा. भट्टराई कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेका बेला तराईका जिल्लामा आयोजित पार्टीका विभिन्न कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा सहभागी हुँदाहुँदै उनलाई कोरोना संक्रमण भएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको