Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

“मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो)

सोनम कपुरले विवाह गर्ने निर्णय गरिन

admin

एजेन्सी । बलिउड अभिनेत्री सोनम कपुरले विवाहको निर्णय गरेकी छिन् । आफैँले खोजेको केटासँग उनले लगनगाँठो कस्न लागेको सार्वजनिक भएको छ । ती पुरुष हुन् प्रेमी आनन्द आहुजा ।

बलिउडमा फेसनेबल अभिनेत्रीका रूपमा चर्चित सोनम र आनन्दबीच आगामी जुन महिनामा विवाह हुने बताइएको छ । फिल्ममा आउनुअघि नै उनी फेसन डिजाइनर थिइन् । सोनम र आनन्द लामो समयदेखि रिलेसनसिपमा थिए । आनन्द भने उद्यमी हुन् ।

त्यसो त यो जोडीलाई सोनमका पिता अनिल कपुरले खासै राम्रो मानेका थिएनन् । तर, छोरीले प्रेमी नछाड्ने अड्डी कसेपछि अन्ततः उनी गलेका छन् ।

छोरीको प्रेमलाई वैवाहिक बन्धनसम्म पुर्‍याउन बाबु तयार भएपछि नै सोनम विवाहका लागि कस्सिएकी हुन् । आमा र भाइले पनि सोनमको निर्णयलाई समर्थन दिएको भारतीय सञ्चारमाध्यममा समाचार छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको