Logo
25 Apr 2025    १२ बैशाख २०८२, शुक्रबार

ताजा खबर

वैशाख १५ गते काठमाडौंमा प्रदर्शन गर्दै राप्रपा नेपाल आज वैशाख १२, विनाशकारी भूकम्पको एक दशक पूरा लोकतान्त्रिक यातायात व्यवसायी संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन ‘तिमी नै छौ यो मनमा’ भन्दै दीपेन्द्र अधिकारी(भिडियो) त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप : राष्ट्रिय पुरुष टिम भारतको कर्नाटकमा परिआएको खण्डमा सरकारबाट बाहिरिने छौँ : गगन थापा

हुम्लामा हिमपात, तापक्रम माइनस ७ डिग्री

admin

हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ ।

यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो ।

जिल्लामा आइतबार र सोमबार दुई दिन लगातार हिमपात हुँदा चिसो बढेको स्थानीय राजबहादुर बोहराले बताए ।

बिहानै तापक्रम माइनस सात डिग्री पुगेको छ । उत्तरी हुम्ला हिमपातले सेताम्मे भएको छ । हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ  ।

मानिसहरु हिउँमा रमाउन थालेका छन् । आइतबार  बिहानै हिमपात हुँदा किसान खुशी भएका थिए ।

जेठासी बाली जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुशी भएका हुन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको