Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो) प्रतिनिधिसभा बैठक बस्दै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

तातोपानी नाका खोल्न गृहकार्य शुरु भैरहेको छ : वाणिज्य मन्त्रि बिश्वकर्मा

admin

काठमाडौँ – वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले निजी क्षेत्रको व्यवसायिक उन्नतीबाट मात्र सरकारले सफलता कायम गर्न सक्ने बताउनुभएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघको अठारौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै व्यवसायीले तिर्ने करबाट सरकारको लक्ष्यअनुसारको राजश्व संंकलन हुने हुँदा उनीहरूलाई आवश्यक ऐनको प्रबन्ध गर्नुका साथै कच्चा पदार्थ आयात तथा व्यापार प्रवद्र्धनमा सरकारले सहयोग जुटाउने बताउनुभयो ।

अन्य मुलुकमा उनीहरूको मागको अध्ययन गरी स्वदेशी ढाँचा, सीप र शैलीमा व्यवसायीले गुणस्तरीय वस्तु उत्पादन गरेमा त्यसलाई निर्यात गर्न सरकारले सहजीकरण गर्ने बताउँदै उहाँले भन्नुभयो, “व्यापारीले स्वदेशी उत्पादनले ढिलो प्रतिफल दिने हुँदा विदेशका सामान ल्याएर बिक्री गरेर कमिसन खाने गरेका छन्, त्यसले देशमा विकास र समृद्धि कायम हुदैन ।”

उहाँले दलित, विपन्न वर्ग र महिलाले नेतृत्व गर्ने रु एक करोडभित्रको व्यवसाय निःशुल्क दर्ता गर्ने व्यवस्था मिलाइएको जानकारी दिँदै व्यवसायी र सरकारकाबीच पारिवारिक सदस्य र अभिभावकको सम्बन्ध हुनुपर्नेमा जोड दिनुभयो । केरुङ नाका व्यवस्थापन गर्ने र भूकम्पपछि बन्द भएको तातोपानी नाका खोल्नका लागि गृहकार्य भइरहेको उहाको भनाई थियो ।

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष भुपेन्द्र गिरी, व्यवसायी कृष्णलाल प्रधानलगायतले विभिन्न दल तथा संगठनका नाममा व्यवसायीलाई चन्दा आतंक रहेको हुँदा सुरक्षाको माग गर्नुभयो ।

संघका अध्यक्ष राजेशकुमार अग्रवालले व्यवसायीको हकहित तथा अधिकार संरक्षण गरी उपभोक्तालाई गुणस्तरीय सेवा उपलब्ध गराउन संस्था प्रतिवद्ध रहेको जानकारी दिनुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको