Logo
17 Mar 2025    ३ चैत्र २०८१, सोमबार

ताजा खबर

एसइई परिक्षाको तयारी पूरा प्रतिनिधि सभाको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै, नेपाल प्रहरीमा आईजिपीको टुंगो लाग्ने मन्त्री निवास आसपास निषेधित क्षेत्र घोषणा सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या : मन्त्री गुरुङ प्रचण्डको तस्बिर जलाउने राप्रपाका बम पक्राउ

नेताज्यूको ब्यवसाय :ठेक्का– पट्टा, कर्मचारी सरुवा– बढुवामा दलाली:डा.डिआर उपाध्याय

admin

बिचौलिया दलालहरुले भन्टिलेटरमा पु¥याएको राजनिति बिपन्नदेखि सम्पन्नसम्म किशोर–किशोरी देखि वृद्ध–वृद्धासम्म अत्यन्त चासोका साथ चर्चा हुने विषय हो राजनिति । विशेष गरी प्रजातन्त्र पुर्नस्थापन देखि संघिय लोकतान्त्रिक गर्ने उद्योग व्यवासाय बनाए , यसबारे सबै जागरुक नेपालीहरुले चासो ब्यक्त गर्ने गरेका छन् । साना पार्टी देखी ठुला पार्टीसम्म निर्वाचन आयोगमा विधिवत दर्ता भएका राजनितिक पार्टी देखि दुईचार जनाको दस्तखतबाट एउटा माइन्युट रजिष्टरमा सञ्चालित पार्टीका नेता– कार्यकर्ताहरुको जीवनशैली तडक भडकयुक्त नै भेटीन्छ । यद्धपी ति मध्ये धेरैको देखिने आम्दानीमुलक ब्यवसाय खासै हुँदैन । राजनितिमा नवप्रवेशी तथा सरकारी सुविधा पाउने कुनै पदमा नपुगेका नेताहरु समेतमा धेरैसंग महंगा गाडी छन , उनीहरु विलासी जीवन गुजारीरहेका छन् । उनिहरुका नजिकका ब्यक्ती पीठ पछाडी खुलेरै भन्छन्– नेताज्यूको ब्यवसाय हो । ठेक्का– पट्टा, कर्मचारी सरुवा– बढुवामा दलाली । एउटा चुनाव देखी अर्को चुनावसम्म अधिवेशन, महाधिवेशन, सम्मेलन– सभा आयोजना गर्ने नाममा जर्वजस्ती गर्ने गरिएका चन्दा पनि राजनितिक ब्यवसाय बन्दै गएको छ ।

राजनितिक विचौलियाहरुमा केहीको शक्ती एवं पहुँचबाट मन्त्री–सचिव समेत उनिहरुको ईच्छा बमोजिम ठूला–ठूला टेण्डरहरुमा निर्णय गर्न बाध्य भएको अनेक घोटाला काण्डबाट खुलासा हुने गरेको छ । राजनितिमा हावी भएको यस्तै विचौलिया प्रवृत्तिले राजनितिको परिभाषा नै परिवर्तित भएको छ । जनताको शान्ती शुरक्षा कायम गर्ने मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने, राष्ट्रिय र अन्तराष्ट्रिय नीतिको सन्तुलन गर्ने र यस्तै अन्य कार्य गर्ने नीतिका रुपमा परिभाषित राजनिति अहिले धेरै नेताहरुको कमाउ धन्दाका रुपमा विकसित हुँदै गएको छ । कोरोना महामारीमा सर्वसाधरण जनताको जीवन निर्वाह दूश्कर हुँदा पनि उच्च पदमा पुगेका केही नेता तथा राजनीतिक वृत्तबाट भएको अनियमितता एवं लार्पवाहिले त राजनितिको गर्नुसम्म दुर्गंति गरेको छ । पीसीआर परीक्षण, राहत वितरण, रोजगारीको सवालमा राजनीतिक अदूर–दर्शिता, अक्षमता, अर्कमण्यता छताछुल्ल हुँदा सिंगो राजनिति मर्माहत भएको छ । राजनेताहरुको विचौलिया, दलाल, अवसरवादी, गुण्डागर्दि प्रवृति भएकाहरुको चँगुलबाट आफुलाई मुक्त गरेर सर्वसाधारण जनताका घाउमा मलम लगाउने नीति कार्यान्वयन गरेनन् भने भेन्टिलेटरमा पुगेको राजनीतिलाई सकुशल बाहिर निकाल्न अत्यन्त कठिन हुने छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको