Logo
22 Jan 2025    ९ माघ २०८१, बुधबार

ताजा खबर

साढे चार अर्ब फिर्ता गरिदिन माग गर्दै महानगरमा सहकारी बचतकर्ताको निवेदन अष्ट्रेलियासँग पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरियो सुनको भाउ एकै दिन १९ सयले बढ्यो सञ्चारकर्मी तथा गीतकार गीताको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण टर्कीमा भएकाे आगलागीमा मृत्यु हुनेकाे संख्या ७६ पुग्याे संसदको हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

रेडियो नेपालको जग्गा कौडीको भाउमा भाडामा

admin

रेडियो नेपालको खुमलटारस्थित प्रसारण केन्द्रको जग्गा ठेकेदार कम्पनीलाई कौडीको भाउमा भाडामा दिइएको भेटिएको छ ।

ललितपुर महानगरपालिकाका अधिकारीहरूका अनुसार खुमल्टारको उक्त जग्गाको मूल्य चलनचल्तीमा प्रतिरोपनी ५ करोडभन्दा बढी छ । ललितपुर महानगरपालिका १५ खुमलटारस्थित रेडियो नेपालको प्रसारण केन्द्रको उत्तरपट्टिको जग्गामा महानगरपालिकाले संरचना बनाउन रोक लगाएपछि लथालिंग अवस्थामा ।

भाडामा प्रतिरोपनी एक लाखभन्दा कम मूल्यमा पाउन नसकिने महानगरका अधिकारीहरू बताउँछन् । आव ०७३र७४ मा घरजग्गा कर प्रयोजनको सरकारी मूल्यांकन पनि उक्त क्षेत्रमा प्रतिरोपनी चक्रपथ बाहिर पर्ने पिच सडकसँग जोडिएको जग्गाको ३२ लाख २५ हजार मूल्य कायम छ ।

तर, रेडियो प्रसार सेवा विकास समितिले जग्गाको अवस्था र व्यापारिक प्रयोजनसहितलाई ध्यानमा राखेर भन्दै प्रतिरोपनी ३५ हजार न्यून भाडा दर कायम गरी त्योभन्दा माथि रकमका लागि सिलबन्दी बोलपत्रमार्फत प्रतिस्पर्धा गराई भाडामा दिने निर्णयमा गरेको थियो ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको