Logo
26 Mar 2025    १२ चैत्र २०८१, बुधबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

काठमाडौं उपत्यकामा संक्रमितको संख्या १ लाख नाघ्यो, सक्रिय संक्रमित १२ हजार बढी

admin

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमित हुनेको संख्या १ लाख ८७२ पुगेको छ । यो देशभरकै कुल संक्रमितको ४६ प्रतिशत हो । तिमध्ये हाल १२ हजार ६९२ जना संक्रमित सक्रिय रहेका छन् ।

उपत्यकाको भक्तपुरमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ७ हजार ३३६ जना, ललितपुरमा ११ हजार ९४८ जनार काठमाडौँमा ८१ हजार ५८८ जना रहेका छन् ।

संक्रमितमध्ये ४८८ जनाको मृत्यु भइसकेको छ, भने ८७ हजार ६९२ जना संक्रमणमुक्त भएर फर्किएका छन् ।

हालसम्म काठमाडौँमा ७१ हजार ५९१ जना संक्रमणमुक्त भएका छन् भने ३१६ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमित ९ हजार ६८१ जना छन् ।

यस्तै ललितपुरमा ९ हजार ६३१ संक्रमणमुक्त भएका छन् भने ८९ जनाको मृत्यु भएको छ । २ हजार २२८ संक्रिय संक्रमित छन् ।

भक्तपुरमा ६ हजार ४७० जना संक्रमणमुक्त भएका छन् भने ८३ जनाको मृत्यु भएको छ । भक्तपुरमा ७८३ संक्रिय संक्रमित छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११०७ जना संक्रमित थपिएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको