Logo
04 Oct 2024    १८ आश्विन २०८१, शुक्रबार

ताजा खबर

२१ वर्षपछि फिर्ता भयो पशुपतिनाथको धर्मशाला पूर्वराजा ज्ञानेन्द्र शाहलाई भुटानमा रेड कार्पेट सहित भव्य स्वागत नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षीय विद्युत् व्यापार सम्झौता कसैले कालोबजारी तथा मूल्यवृद्धि गरे ११३७ मा फोन गर्नूस् नेपालद्वारा ओमान पराजित आजदेखि दसैँ सुरु, आज घटस्थापना

अमेरिकाको क्यालिफोर्नियामा कर्फ्यू

admin

अमेरिकाको क्यालिफोर्नियामा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएपछि कर्फ्यू जारी भएको छ । शनिबारदेखि रातिको समयमा कर्फ्यू लागु भएको क्यालिफोर्निया राज्य सरकारले जनाएको छ । गएको अगस्टमा पश्चिमी राज्यमा सबैभन्दा धेरै संक्रमण देखिएको थियो । तर अहिले त्यो भन्दा पनि धेरै संक्रमण दैनिक रुपमा देखिन लागेको लस एन्जलस टाइम्सले जनाएको छ ।

अमेरिकाभर शनिबार कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या दुई हजार भन्दा बढि रह्यो । गएको मे यता पहिलो पटक एकै दिन दुई हजार भन्दा धेरैको ज्यान गएको हो ।विश्वमै सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या एक करोड २० लाख भन्दा धेरै पुगेको छ । अहिलेसक्क दुई लाख ५५ हजार भन्दा बढिको ज्यान गएको छ ।

अधिकांश राज्यहरुमा संक्रमण बढ्दो क्रममा छ । विभिन्न राज्यहरुले मास्क लगाउनु अनिवार्य गरेका छन् ।क्यालिफोर्नियामा गएको हप्ता कुल संक्रमितको संख्या १० लाख नाघ्यो । यसअघि टेक्सासमा संक्रमितको संख्या १० लाख भन्दा धेरै पुगेको थियो ।

शनिबारदेखि स्थानीय समय अनुसार राति १० बजेदेखि बिहान पाँच बजेसम्म कर्फ्यू जारी रहने छ। यो क्रम आउँदो डिसेम्बर २१ सम्म कायम हुने र आवश्यक परेको अवस्थामा बढ्न पनि सक्ने राज्यका अधिकारीले बताएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको