Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

प्रदेश सभा बैठक बस्न भाडाको कुर्सीको प्रयोग

admin

प्रदेशसभा बैठकका लागि सबै प्रदेशमा जेनतेन सभाहलको तयारी पूरा भए पनि अन्य कुनै पनि संरचना तयार नभएको अन्नपूर्ण पोस्ट दैनिकले समाचार लेखेको छ ।

प्रदेश ७ मा प्रदेशसभा बैठकका लागि ५४ वटा कुर्सी भाडामा ल्याएर गर्जो टारिएको छ भने प्रदेश २ मा शनिबार रातभर लगाएर हल तयार पारिएको छ । पहिलो बैठक सञ्चालन हुने जनकपुरको शैक्षिक तालिम केन्द्र भवनलाई रंगरोगन गरी व्यवस्थित बनाइएको छ ।

हलमा कुर्सी र डेस्क, साउन्ड सिस्टम, लाइटिङको काम सक्न रातभर कर्मचारी खटाइएको सहरी सडक विकास तथा भवन निर्माण प्रमुख गंगा यादवले बताएका छन् । प्रदेश १ को पहिलो प्रदेशसभा अधिवेशन हुने जिसस भवनमा अवस्थित सभाहलमा शनिबार कुर्सी मिलाएर राखिएको छ । हरियो रङका कुर्सीमा सेतो कभर लगाइएको छ ।पंखा, एसी र साउन्ड सिस्टम जडान गरिएको छ । सुरक्षालगायत सबै प्रबन्ध मिलाउने काम पूरा भएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताएका छन् ।

संसद् सचिवालय सिंहदरबारका सचिवज्यू पनि आइसक्नुभएको छ’, उनले भने, ‘प्राविधिक तयारीसमेत लगभग पूरा भएको छ ।’ उनका अनुसार पहिलो अधिवेशनको लाइभ भिडियो सर्वसाधारणले हेर्न पाऊन् भनेर जिसस भवनबाहिर

टीभी जडान गर्ने तयारी छ । प्रदेश ५ को प्रदेशसभास्थल बुटवल खयरघारीस्थित उद्योग वाणिज्य संघको सभाहललाई संसद् बैठकका लागि सजाइएको छ । बैठक कक्षभित्र अडियो, भिडियो रेकर्ड गर्ने कन्ट्रोल रुम, मर्यादापालक, पत्रकार र आमन्त्रित व्यक्ति बस्ने स्थान छुट्टाछुट्टै व्यवस्था गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको