Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

स्थानीय सरकार छाड्दै मेयर बालेन, संघीय सत्ता लक्ष्य स्कुलिङ र सिस्टमको फरक: कांग्रेस बदलिँदा एमाले किन अड्कियो कांग्रेस विवाद समाधानका लागि आज वार्ता हुँदै बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली

राष्ट्रिय महत्वको परियोजना निर्माणमा कम्पनीको अकर्मण्यता: डा.डिआर उपाध्याय

admin

देशमा विकास निर्माणको गतिबारे जसले जति ठूला दाबी गरेपनि जनतामा आश्वासनको पोको बाँडे पनि देशभरिका दर्जनौ महत्वपूर्ण योजना-परियोजनाको अलपत्र अवस्थाले जताततै निराशा व्याप्त छ । त्यस्ता योजना-परियोजनाका ठेकेदार कम्पनीहरूलाई दण्डित गर्नेतर्फ सम्बन्धित निकायको उदासिनताले झनै आक्रोश थपेको छ । हेटौडा-कुलेखानी-काठमाडौं सुरूङमार्ग जस्तो राष्ट्रिय महत्वको परियोजना निर्माणको अनुमति पाएको नेपाल पूर्वाधार विकाश कम्पनीले गरेको गैर जिम्मेबारीपना बारे सार्वजनिक भएको सञ्चार माध्यमको रिपोर्टले विकासप्रेमीहरूलाई आहात बनाएको छ ।

नेपाल पूर्वाधार विकास कम्पनीले उक्त परियोजनाका नाममा शेयर खोलेपछि मकवानपुरका सर्वसाधारण, कर्मचारी तथा संघ संस्थाले शेयर खरिद गरे । विदेशमा पसिना बगाएर, स्वदेशमा गाई भैंसी बेचेर तथा ऋणसमेत लिएर शेयर हालेको ३६ करोड रूपैयाँ मध्ये बैङ्कमा जम्मा तीन करोड बाँकी छ, जबकी परियोजनाको निर्माण आरम्भ पनि भएको छैन । सन् २०१६ मै निर्माण कार्य सम्पन्न गर्नेगरी अनुमति लिएको कम्पनीले सन् २०२० सकिन लाग्दासम्म निर्माण सुरूसमेत नगर्नुलाई नालायकीको पराकाष्टा नभनी अरू के भन्ने ? जनताको आँखामा छारो हाल्न भीमभेदी पुर्‍याइएको सातवर्षदेखि बगरमा अलपत्र डोजरको तस्वीरसमेत सार्वजनिक हुँदा जनताको पैसामा कम्पनीले गरेको खेलबाठ उदाङ्गिएको छ ।

सुरूङ मार्ग निर्माण थालनी गर्नुबाट सर्वसाधारणमा शेयरको रकमबारे चिन्ता र अन्यौल सिर्जना हुनु स्वभाविकै हो । किनभने अघिल्लो परियोजनामा जनताबाट सङ्कलित रकमका सम्बन्धमा प्रदेश र केन्द्र सरकारले कुनै चासो व्यक्त गरेका छैनन् । लज्जास्पद अर्को कुरा के छ भने आयोजना सकिन एक वर्ष मात्र बाँकी रहँदा काम नै शुरू नगरेको कम्पनीले दाबी गर्छ- सरकारले आयोजना सुरू गरेमा अवैध हुनेछ । वि.सं. २०७८ सम्म परियोजना सम्पन्न गर्ने अनुमति पत्र कम्पनीसँग भए पनि चार वर्षमा काम सम्पन्न हुने सुरूङ मार्ग एक वर्ष भित्र कम्पनीले निर्माण गर्नसक्ने कल्पनासमेत गर्न सकिँदैन । राष्ट्रिय महत्वको परियोजना निर्माणमा कम्पनीले देखाएको अकर्मण्यता तथा जनताबाट सङ्कलित रकमको जवाफदेहिता पालन नगरेको कम्पनीका सम्बन्धमा सरकारले गम्भीर चासो लिँदै जनताको रकम सुरक्षित राख्न आवश्यक कदम चाल्नुपर्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको