Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

सरकार किन संसद् छलिराखेको छ ?

admin

-डा.डिआर उपाध्याय

सरकार किन संसद् छलिराखेको छ ? सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भविश्य अव के हुन्छ ? यो प्रश्न धेरैले गर्न थालेका छन्। राजनीतिक दलमा विवाद मतभेद र झगडा हुन्छ, यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो । तर यति बेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नीति , बिचार , शिद्धान्त बिनाको विवाद मतभेद र झगडा भएको छ । नेकपामा कुनै सैद्धान्तिक विषयमा विवाद भएको देखिँदैन। यो झगडा भनेको सत्ता स्वार्थको झगडा हो । देश र जनताको पक्षमा नेकपा गम्भिर हुन सकेन । यो नै समस्या हो । आम नेपाली जनता नेकपा भित्रको आन्तरिक झगडा देखेर निराश छन । जनता निराश हुनु भनेको ब्यवस्था प्रति प्रश्न उठनु हो । यो कुरा नेकपाले बुझन जरुरी छ । यतिबेला कोरोना कहरबाट जनता आहत छन् तर सत्ताधारी दलका नेता आपसमा विवाद गरेर बस्नु भनेको राम्रो कुरा पटक्कै होइन । अव सोच्नु पर्ने बेला भएको छ । देशमा यत्रो संकट आउँदा नेकपाले गरिबप्रति कुनै सहानुभूति देखाएको छैन। सर्वहाराको कुरा गर्ने ब्यवहारमा कुनै कुरा लागु नगर्ने यो नेकपाको समस्या हो ।

कोरोना तीव्र भएको मुलुक अमेरिकामा राष्ट्रपतिको चुनाव भयो। छिमेकी भारतको बिहारमा पनि चुनाव भयो। अन्य युरोपेली मुलुकमा पनि चुनाव भएका छन् तर हाम्रो मुलुकमा संसद्को अधिवेशनसम्म बस्दैन। यो के हो ? जनताको आवाज उठाउने थलो नै अवरुद्ध छ । विगत ६÷७ महिनादेखि संसद्को अधिवेशन भएको छैन। सरकार र सत्ताधारी दल संसद् अधिवेशन बोलाउने पक्षमा छैनन्। सरकारबाट भएको गलत कामकारबाहीबारे प्रश्न उठाउने थलो भनेको संसद् हो । अव संसद अधिवेशन बोलाउनु पर्छ । सरकार किन संसद् छलिराखेको छ ? यो आम जनताको प्रश्न हो । नेपाली कांग्रेस पनि मौन छ किन ? नेपाली कांग्रेस मौन बस्दा सत्ताधारी दलले मनपरी गरिराखेको छ । अहिले देशमा भइरहेको भ्रष्टाचारप्रति सत्ताधारी मात्र होइन, प्रतिपक्ष पनि मौन छ। उपचार र खान नपाएर जनता मरिरहेका छन्। नेकपा र सरकारको यही झगडा र कांग्रेसको मौनताले व्यवस्थाप्रति नै सर्वसाधारणको वितृष्णा पैदा भएको छ। लोकतन्त्रविरोधी शक्ति सलबलाउन थालेका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको