Logo
31 Jan 2023    १७ माघ २०७९, मंगलवार

ताजा खबर

छैठौं राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड )को मनोनयन सार्वजनिक सन्दीपलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता लगातार सेयर बजार घट्नेक्रममा रोयल लाउञ्ज ब्याङ्क्वेट र बाजेको सेकुवालाई एक लाख जरिवाना काठमाडौँको कागेश्वरिमा मनाइयो सहिद दिवस राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको चैत ३ गते

श्वेताश्रीले माझी बस्ती निर्माण सहयोगार्थ कान्छी म्युजिकल नाईट आयोजना गर्दै

admin

काठमाडौ :  नायिका श्वेता खड्काको सामाजिक संस्था श्वेता श्री फाउण्डेशनको आयोजनामा ‘कान्छी’ म्युजिकल नाइट हुने भएको छ। श्वेता श्री फाउण्डेसनले सिन्धुपाल्चोमा निर्माण गरिरहेको माझी बस्ती निर्माणका लागि आर्थिक सहयोग संकलन गर्न उक्त कार्यक्रम आयोजना हुन लागेको हो।

‘कान्छी’ म्युजिकल नाइट हुने, १ दर्जन कलाकारले दिनेछन् प्रस्तुति

माघ २३ गते हुने कान्छी म्युजिकल नाइट २०१८ तथा रेड कार्पेटमा फिल्म कान्छी टिमसहित नेपाली फिल्म र सांगीतिक क्षेत्रका व्यक्तिहरुको सहभागीता रहने फाउण्डेसनकी अध्यक्ष श्वेता खड्काले जानकारी दिइन्।

दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना हुने उक्त साँझमा श्वेता खड्का, अभिनेता दयाहाङ राई, गायिका अञ्जु पन्त, संगीतकार तथा गायक राजनराज सिवाकोटी, हाँस्य कवि शैलेन्द्र सिम्खडा, गायक युवराज चौंलागाईं, कमेडियन सन्दिप क्षेत्री, गायिका माण्डवी त्रिपाठी, संगीतकार तथा गायक अर्जुन पोखरेल, गायक धर्मेन्द्र सेवन, हाँस्य व्यांग्य कलाकार जितु नेपाल, निर्देशक आकाश अधिकारी, वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठ, नायिका अशिष्मा नकर्मी, मरिस्का पोखरेल, जेविका कार्की तथा नायक विनोद न्यौपानेले विशेष प्रस्तुत दिनेछन्। कार्यक्रम नरेश भट्टराई पुर्व मिस नेपाल सुगरिका केसीले सञ्चालन गर्नेछन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको