Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

कप्तानलगायत तीन खेलाडीलाई कोरोना पछि अन्य पाँचजनालाई बन्द प्रशिक्षणका लागि बोलाइयो

admin

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबारदेखि शुरु हुने भनिएको बन्द प्रशिक्षणका लागि खेलाडीको कोरोना परीक्षण गर्दा तीनजना खेलाडीमा कोरोना संक्रमण देखिएपछि अन्य पाँचजना खेलाडीलाई प्रशिक्षणका लागि बोलाएको छ।

यसअघि क्यानले बोलाएको २२ जनामा नपरेका थप पाँचजनालाई प्रशिक्षणका लागि बोलाइएको हो। मंगलबार गरिएको कोरोना परीक्षणको बुधबार आएको रिपोर्टमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी र अलराउण्डर रोहित पौडेल संक्रमित भएको पुष्टि भएको थियो।

क्यानले विक्रम सोब, अनिल शाह, कुसल भुर्तेल, रित गौतम र लोकेश बमलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको