Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

प्रदेश राजधानी वीरगंजको माग गर्दै बन्द

admin

सरकारले माघ ३ गते प्रदेश नम्बर दुईको अस्थायी राजधानी जनकपुरलाई तोक्ने निर्णय गरेपछि बिरगंजमा सुरु भएको विरोध प्रर्दशन हाल सम्म पनि जारी छ। प्रदेश २ को प्रदेश सभाको पहिलो अधिवेशन आह्वानको दिन पनि वीरगंजमा बिहानैदेखि प्रदर्शन सुरु भएको छ। वीरगंजको विरोधका बीच प्रदेश २ को प्रदेशसभा बैठक आज जनकपुरमा सुरु हुँदैछ।

शनिबार साँझ वीरगंजमा संघर्ष समितिले मसाल जुलुशसहित प्रदर्शन गरेको थियो। साँझ घण्टाघरबाट निकालिएको मसाल जुलुश, मकालु चोक, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो।  वीरगंजलाई उपहास गरी जनकपुरलाई सरकारले अस्थायी राजधानी तोकेको भन्दै वीरगंजमा बन्द हडताल तथा विरोधका कार्यक्रम चर्किन थालेका छन् ।

प्रदेश नं २ को प्रदेशसभा बैठकले राजधानीको विषयमा उचित निर्णय लिने आश्वासन संघर्ष समितिलाई दिँइदै आइएको छ। प्रदेश नं २ मा मधेशी गठबन्धन फोरम नेपाल र राजपाको संयुक्त सरकार बन्ने निश्चित भएसँगै वीरगंजमा मधेसवादी दल बाहेकका कांग्रेस, एमाले र माओवादीका नेता कार्यकर्ताहरुले आन्दोलन चर्काउँदै आएका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको