Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड सारिका घिमिरेको स्वरमा ‘दुरि अलि बढेकै हो.. थोरै घटाइदेउ’ (भिडियो) शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार डराउनु पर्दैन : अध्यक्ष राजेन्द्र लिङ्देन

प्रख्यात फुटबल खेलाडी म्याराडोनाको हृदयाघातका कारण मृत्यु

admin

विश्वकै महान् फुटबल खेलाडी डियगो म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको छ। पूर्व अर्जेन्टिनी आक्रामक मिडफिल्डर तथा प्रशिक्षक म्याराडोनाको घरमै रहेका बेला हृदयाघातका कारण निधन भएको हो।

उनी यसअघि पनि मस्तिष्कसम्बन्धी समस्याबाट बिरामी थिए। दुई हप्ताअघि मात्रै म्याराडोना मस्तिष्कमा ब्लट क्लट सर्जरीपछि अस्पतालबाट डिस्चार्ज भएका थिए।

विश्वका एक महान खेलाडी म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले १९८६ को विश्वकप जितेको थियो। उनले खेल जीवनमा शृंखलावद्ध रुपमा उत्कृष्ट प्रदर्शन गरेका थिए।आफ्नो फुटबल क्लब करिअरमा उनले बार्सिलोना र नेपोलीबाट खेले। नेपोलीबाट उनले दुई सिरी एको उपाधि समेत जितेका थिए। सन् १९६० अक्टोबर ३०मा उनको जन्म भएको थियो।

म्याराडोनाले अर्जेन्टिनाका लागि ९१ खेल खेल्दै ३४ गोल गरेका छन। अर्जेन्टिनाबाट उनले चारवटा विश्वकप खेलेका थिए। सन् १९९० को विश्वकपमा पनि अर्जेन्टिनालाई उनले फाइनलसम्म पुर्याएका थिए। तर उक्त विश्वकपमा तत्कालिन वेष्ट जर्मनीसँग फाइनलमा पराजित हुँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जित्न चुक्यो।

फुटबल जीवनको दोस्रो हाफमा भने म्याराडोना लागुऔषध प्रयोग गर्न थालेका थिए। १९९१ मा उनलाई लागुऔषध प्रयोग गरेकै कारण १५ महिना प्रतिबन्ध लगाइएको थियो।

Diego Maradona

उनले ३७ वर्षको उमेरमा १९९७ मा व्यवसायिक फुटबलबाट सन्न्यास घोषणा गरेका हुन्।  २००८ मा म्याराडोना अर्जेन्टिनी टोलीको प्रशिक्षकमा नियुक्त भएका थिए। तर २०१० को विश्वकप पछि भने उनले उक्त पद छाडे। अर्जेन्टिना उक्त विश्वकपको क्वार्टरफाइनलसम्म पुगेको थियो। 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको