Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

सुनचाँदीको मूल्यमा भारी वृद्धि अमेरिकी नागरिक अपहरण गरी तीन लाख युरो फिरौती माग्ने महिला पक्राउ वस्तु बिक्रीमा ‘एमआरपी’ उल्लेख नभए विक्रेतालाई कारबाही प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

‘दादासाहेब फाल्के आइकन अवार्ड फिल्म्समा नेपाली अभिनेत्री नितु कोईराला सम्मानित

admin

भारतको मुम्बईमा मंगलबार राति एक अवार्ड वितरण समारोहमा नेपाली अभिनेत्री तथा मोडल नितु कोईराला सम्मानित भएकी छिन । कोरोना महामारीको जोखिमबाट बच्दै तथा स्वास्थ्य सम्बन्धि मापदण्ड पुरा गर्दै ‘दादासाहेब फाल्के आइकन अवार्ड फिल्म्स २०२०’ सम्पन्न भएको हो ।बलिउडसहित सानो पर्दामा अभिनय गर्ने लोकप्रिय अनुहारहरु पुरस्कृत भएको उक्त समारोहमा
भारतका थुप्रै लोकप्रिय कलाकारहरुको सहभागि बीच आफूलाई नेपाली कलाकारको रुपमा स्टेजमा बोलाएर गरिएको सम्मानलाई नेपालकै सम्मानको रुपमा ग्रहण गरेको सम्मानित कोईरालाले खुशी हुदै बताईन । भारतका विभिन्न ठूला कार्यक्रमहरु पटक पटक सम्मानित भैसकेकी अभिनेत्री कोईरालाले यस सम्मानले नेपाल र भारत सांस्कृतिक आदान प्रदानमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिन ।

हरेक वर्ष वितरण गरिँदै आएको उक्त अवार्डबाट यो वर्ष भारतीय टेलिभिजन च्यानलबाट प्रसारण भैरहेका लोकप्रिय कार्यक्रमका कलाकारहरु पुरस्कृत भएका हुन् । अवार्ड वितरण समारोहमा लोकप्रिय धारावाहिक ‘अनुपमा’ की अभिनेत्री रुपाली गांगुलीले ‘पपुलर आइकन अवार्ड’ पाइन् भने रुपाल पटेल अर्थात कोकिलाबेनले ‘साथ निभाना साथीया–२’ बाट ‘ट्रेन्डिङ एक्टर’ को अवार्ड पाइन् ।

‘ये रिस्ता क्या कहलाता है’ का जोडी शिभांगी गोजी तथा मोनिष खानले ‘मोस्ट आइकोनिक जोडी’ को अवार्ड जिते ।‘नागिन–५’ की अभिनेत्री सुरभी चन्दनाले ‘बेस्ट एक्ट्रेस’ को अवार्ड जितिन् ।सुरभीसंगै अभिनय गर्ने नागिन–५ का शरद मल्होत्रा तथा अर्जुन बिजलानीले पनि अवार्ड जिते ।‘क्लास अफ २०२०’ का अभिनेता रोहन मेहराले यूथ आइकन २०२० को अवार्ड जिते ।शुभांगी आत्रेयले दादासाहेब फाल्के आइकन अवार्ड २०२० जितिन् । अदा खानले आइकोनिक फेस अफ द इयर २०२०को अवार्ड जित्न सफल भइन् ।

मिसेस इन्डिया इन्टरनेशनल अवार्ड रुना शर्मालाई पनि दादा साहेब फाल्के आइकन अवार्डबाट सम्मानित गरियो ।उक्त अवार्ड समारोहको आयोजना कल्याणजी जाना फाउण्डर प्रेसिडेन्ट मुम्बईद्वारा गरिएको थियो । उक्त समारोहमा मुम्बईको पेनलसुला ग्राण्ड होटलमा आयोजना गरिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको