Logo
13 Dec 2024    २८ मंसिर २०८१, शुक्रबार

ताजा खबर

नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार पत्रकार महासङ्घको निर्वाचन आज फरार जीबी राईको राहदानी रोक्का प्रधानमन्त्री ओलीविरुद्धको कसुरमा धरौटीमा छाड्न आदेश, अर्को मुद्दामा हिरासतमा बस्नेछन् दुर्गा प्रसाई रविलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति कमलादीमा भासिएको सडक आजदेखि प्रयोगमा

१५ सय किलो भन्दा बढि सुनले निर्माण गरिएको आकर्षक सुन्दर मन्दिर

admin

मन्दिरको छाना देखि लिएर ढोका सम्म सुनको रहेको छ । सुनले झकिझकाउ मन्दिर ।  यो मन्दिर १५ सय किलो भन्दा धेरै सुनले बनेको छ । दक्षिण भारतको तमिलनाडुस्थित भेल्लोर गोल्डेन टेम्पल यस्तो मन्दिर हो जहाँ १५ सय किलो भन्दा धेरै शुद्ध सुन छ ।

यो मन्दिर श्रीपुरम् र महालक्ष्मी स्वर्ण मन्दिरको नामले पनि चिनिन्छ । सन् २००७ मा यो मन्दिर बनाइएको हो ।

सुनले छाएको हुनाले रातको प्रकाशमा यो मन्दिर झलमल बल्दछ र निकै सुन्दर देखिन्छ । वर्षेनी लाखौँ हिन्दु धर्माबलम्बी यो मन्दिरमा दर्शनका लागि आउँछन् ।

१ सय एकड भन्दा धेरै क्षेत्रफलमा फैलिएको यो मन्दिरको चारैतर्फ सुन्दर हरियाली रहेको छ । मन्दिर परिसरमा भारतका सबैजसो प्रमुख नदीको पानी लिएर सर्व तिर्थम सरोवर नामको कुण्ड बनाइएको छ ।

यो मन्दिरको सुरक्षामा चौबीसै घण्टा पुलिस र सुरक्षा गार्डले पहरा दिइरहेका हुन्छन्


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको