Logo
25 Apr 2025    १२ बैशाख २०८२, शुक्रबार

ताजा खबर

वैशाख १५ गते काठमाडौंमा प्रदर्शन गर्दै राप्रपा नेपाल आज वैशाख १२, विनाशकारी भूकम्पको एक दशक पूरा लोकतान्त्रिक यातायात व्यवसायी संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन ‘तिमी नै छौ यो मनमा’ भन्दै दीपेन्द्र अधिकारी(भिडियो) त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप : राष्ट्रिय पुरुष टिम भारतको कर्नाटकमा परिआएको खण्डमा सरकारबाट बाहिरिने छौँ : गगन थापा

चन्द्र ढकाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी

admin

उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन् । विजयी भएका ढकालले एसोसिएटमा ५२२, बस्तुगतमा ५९ तथा जिल्ला नगरमा ५२ मत पाएका छन् ।

पराजित भएका अर्का प्रत्यासी किशोर प्रधानले एसोसिएटमा ३७५, बस्तुगतमा ३९ तथा जिल्ला नगरमा ५३ मत पाए ।वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष पदसहित कुल ६३ पदका लागि १ सय २७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको अध्यक्ष बन्दै छन् ।गोल्छा पछिको नेतृत्वमा पुग्नका लागि वरिष्ठ उपाध्यक्ष पदमा महासंघका वर्तमान उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यनलसहित चुनावी मैदानमा थिए । अब अर्को कार्यकालमा ढकाल अध्यक्ष बन्ने छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको