Logo
26 Mar 2025    १२ चैत्र २०८१, बुधबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

विश्वभर ६ करोड २५ लाखभन्दा बढीमा संक्रमण पुष्टि

admin

विश्वभर ६ करोड २५ लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ । संक्रमण सुरू भएको एक वर्ष वित्दा २१८ मुलुकका ६ करोड २५ लाख ६२ हजार ८५० जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै ५ लाख ७१ हजार ६९८ जना संक्रमित भएका छन् ।यो समाचार तयार पार्दासम्म ४ करोड ३१ लाख ८८ हजार जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

पछिल्लो २४ घण्टामा ३ लाख ९२ हजार ७६३ जना संक्रमणमुक्त भएका छन् ।

आइतबार बिहान यो समाचार तयार पार्दासम्म १४ लाख ५८ हजार ९३ संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ९ हजार १९९ जनाको मृत्यु भएको छ ।

हाल विश्वभर १ करोड ७९ लाख १६ हजार ७५३ जना उपचाररत छन् । यसमध्ये १ लाख ५ हजार २३८ जनाको अवस्था गम्भीर रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको