Logo
26 Apr 2025    १३ बैशाख २०८२, शनिबार

ताजा खबर

सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा राजधानीबाट पाँच बंगलादेशी नागरिक पक्राउ

गायक रामकृष्ण श्रेष्ठको स्वरमा ‘फुल जस्ती’ बोलको गीतको भिडियो सार्वजनिक(भिडियो)

admin

नेपाली गीत–संगीत क्षेत्र संगै संचार क्षेत्रमा समेत क्रियाशिल गायक रामकृष्ण श्रेष्ठको स्वरमा फुल जस्ती बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

प्राकृतिक छटाले रमणिय पर्यटकीय नगरी पोखराको बेगनास ताल, धम्पुस तथा पोखरा वरपरका मनोरम स्थलमा छायाँकन भएको गीतको भिडियोमा गायक श्रेष्ठको समेत अभिनय रहेको गीतको भिडियोमा मोडल अनिल श्रेष्ठ, नविना अधिकारी, अमृता घिसिङको अभिनय रहेको छ। सञ्जित घिसिङको छायाँकन तथा सम्पादन रहेको भिडियोको निर्देशन ग्ल्यामर्स फोटोग्राफरको रुपमा चिनिएका फोटोग्राफर कुवेर तामाङले गरेका छन्।

राज मेक अप स्टुडियोका प्रमुख सिनियर मेक अप आर्टिष्ट टेक राज पाण्डेको मेकअप रहेको भिडियोको ड्रोन अपरेटर संजित के घिसिङ्ग रहेका छन । गीतको संगीत गायक श्रेष्ठकै पूजनिय सांगीतिक गुरु सुरेन्द्र श्रेष्ठको रहेको छ। गीतको शव्द रचना वरिष्ठ अर्थविद डा.चन्द्रमणि अधिकारी रहेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको