Logo
30 Apr 2025    १७ बैशाख २०८२, बुधबार

ताजा खबर

छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध “मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य

शीर्ष नेता हो , तपाईहरु आफू हारेर भए पनि पार्टीलाई जिताउनुहोस्

admin

सत्तारुढ दल नेकपामा अहिले आरोप–प्रत्यारोपको शृंखला चलिरहेको छ । यो शृंखला कहिले सम्म चल्ने हो यसै भन्न सकिने अवस्था छैन । पहिले पनि आरोप–प्रत्यारोपको झगडा त हुन्थ्यो । लेनदेनको हिसाव मिले पछि झगडा बन्द हुन्थ्यो । तर अहिले झगडा पेचिलो बनेर गएको छ । दुवै थरीका आरोप–प्रत्यारोपको प्रकृति हेर्दा मिलेर जालान जस्तो देखिदैन । यो पार्टीलाई मिलाएर लैजानु पर्ने अहिलेको आबश्यकता हो । तर शीर्ष नेताहरु नै गम्भिर बन्न सकेनन् । नेकपामा लामो समय सम्म बिवाद हुँदा केहि तत्वहरु सल्वलाउन थालेका छन । यति बेला दुवै थरी शीर्ष नेताहरू मुलुकको भाग्य र भबिश्य निर्माण प्रति चिन्तित हुनु पर्दथ्यो , हुन सकेनन् । जनताले यो सरकारबाट आस मारिसकेका छन् । यो पार्टीको फुटको बीउ यसको एकताकालमै रोपिसकिएको थियो । सिद्धान्त, विचार र नीति बिना गरिएको एकताले समस्या ल्याउँछ । यो कुरा धेरै पहिले देखि उठेको हो । नेकपा जग बिनाको घर निर्माण जस्तो भएको छ । अहिले सत्तारुढ दल नेकपामा त्यही परिस्थिति देखा पर्दै छ । असैद्धान्तिक अर्थहीन हतारको एकताले अहिले नेकपालाई समस्यामा पारेको हो । प्रधानमन्त्री ओलीले चुनावी घोषणापत्रबमोजिम जनताको मन जित्न सक्नु पर्दथ्यो । तर उहाँले चुनावी घोषणापत्रबमोजिम जनताको मन जित्न सक्नु भएन । उहाँले पद, अवसर र जिम्मेवारीको न्यायोचित वितरण गरेर पार्टी मिलाएर लैजान सक्नु पर्दथ्यो , त्यो पनि सक्नु भएन । आफ्नै दलभित्रको भिन्न मतलाई सँगसँगै समेटेर लान सकेको भए यो समस्या आउने थिएन । अहिले जुन ढंगले नेकपामा बिवाद चुलिएको छ, यसले न नेकपालाई फाईदा छ न त देशलाई । त्यसैले आफू हारेर भए पनि पाटी र देश जिताउने अभियानमा नेताहरु लाग्नु पर्ने हो । तर लागेनन् । अहिले नेकपाका नेता निहित स्वार्थपूर्तिमा लागेका छन । सत्तास्वार्थको राजनीतिमा लागेका छन । कार्यकर्ताहरु भने पार्टी एकताकै पक्षमा देखिन्छ । यति बेला नेकपाका दोस्रो र तेसो तहका नेता–कार्यकर्ताहरू निरीह र निष्क्रिय देखिएका छन् । यो परिस्थितिमा सर्वशक्तिमान केन्द्रीय समिति सक्रिय हुनु पर्दथ्यो । नेकपाको पार्टी एकतालाई जोगाउने तागत केन्द्रीय समितिमा छ । विडम्बना, अध्यक्ष ओली यही केन्द्रीय समितिको बैठक टार्ने प्रयत्नमा देखिनु भएको छ । शीर्ष नेता हो , तपाईहरु आफू हारेर भए पनि पार्टीलाई जिताउनुहोस् । तपाईहरु आफू हारेर पनि पाटीलाई जिताउने बेला हो यो । सिद्धान्त बिधि पद्धतिलाई व्यवहारमा लागू गर्नुहोस् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको