Logo
19 Apr 2024    ७ बैशाख २०८१, शुक्रबार

ताजा खबर

स्वच्छ छवि बनाएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी भए सेवा निवृत्त त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छ- अर्थमन्त्री पुन ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि… पोखरामा दुर्घटनामा ८ चिनियाँ पर्यटक घाइते

समाजसेवी सुवास न्यौपानेको अर्को पूण्यकार्य, जसले सदालाई संसार देख्ने बनाए

admin

दु:खमा मलम लगाउने सहयोगी सुवास न्यौपाने, जसले सदालाई संसार देख्ने बनाए

सिरहा, १३ मंसिर – नेपालमा कोभिड–१९ को बढदो संक्रमण र मृत्युको खबरले लगभग सात महिना नेपाली जनजीवन नराम्ररी प्रभावित बन्यो । आर्थिक–सामाजिक सम्बन्धहरू तहसनहस भए । एकै घरका दुई भन्दा बढिको कोरोना संक्रमणकै कारण मृत्यु भएको खबर पनि सार्बजनिक भए । जसले मानिसहरुमा त्रासदी निम्त्यायो । घरघरका संकट त कति हो कति, लेखा जोखा गरेर साध्य नै छैन । आमनागरिकलाई महामारीबाट जोगाउन र अहिलेका संकट पार लगाउन सरकार करिब–करिब असफलजस्तै देखियो । तर यस्तोमा पनि समाजका केहि ब्यक्तिले भने कोरोनाको महामारी नभनि आफ्नै पेशा तथा कर्ममा तल्लिन रहे । मानव सेवामा समर्पित हुँदै दु:खको घडीमा मलम लगाउन कम्मर कसेर लाग्नेहरुको जमात पनि भेटिए ।

यिनै मध्ये एक पात्र हुन काभ्रेपलान्चोक जिल्ला नमोबुद्ध नगरपालिका ६ का सुवास न्यौपाने । न्यौपानेले चौतर्फी नकारात्मक खबरका बीच गरिब तथा असायहरुको सेवा गर्दै उनले समाजमा सकारात्मक सन्देश प्रवाह गरेका छन् । बिगत ४ बर्षदेखि आखामा मासु पलाएर केहि देख्न नसक्ने सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर ३ की नेहा सदाको आखाँको ज्योति फिर्ता गराउन सफल उनलाई नेहा तथा उनका परिवारले भगवान जस्तै मानेका छन् । सिराहाको एक दलित परिवारमा जन्मेकि नेहाको आर्थिक अवस्था कमजोर रहेकाले भबिस्यमा आखाँ देख्छिन भन्ने आशा उनलाई चिनेजानेका सबैले मारिसकका थिए । आर्थिक अभावका कारण नेहाको आँखाको सामान्य चोटको उपचारसमेत गराउन नसकेकाले उनको आँखामा मासु पलाउदै गएर अबस्था गम्भिर बन्दै गएको उनको बाबुको भनाई छ । “लडेर आखाँमा सामान्य चोट लागेको थियो तर उपचारको लागी पैसा भएन अस्पताल लान सकिएन बिस्तारै आखामा मासुको डल्लो पलाउदै गयो बाहिरनै निस्कियो, पैसा जुटाउन नसकेकोले उपचार गर्न सकिएको थिएन । छोरीले उपचार पाएर पुनरजिबन पाउछे भन्ने आशानै हराएको थियो । गरिब दुखिको भगवान हुन्छ भन्थे हो रहेछ क्यारे ,सुवासबाबु भगवाननै बनेर आउनुभयो हाम्रो लागी ‘ उनी भन्छन् । सिराहाका दलित अधिकारकर्मी संयज महरा र दलित युवा अभियन्ता सुनिल सदाको समाजिक संजाल फेसबुकबाट नेहाको बारेमा जानकारी पाएपश्चात सम्पर्कगरि तिलगंगाका बरिष्ठ आखा रोग बिषेशज्ञ डा.बेन लिम्बुसंग सहकार्यगरि समाजसेवी न्यौपानेले नेहाको निशुल्क उपचार गराएका हुन ।

त्यतिमात्रै नभएर नेहा लगायत तिनजनालाई १५ दिन खान बस्ने ब्यबस्था समेत समाजसेवी उहाँ भन्नुहुन्छ “ फेसबुकमार्फत बालिका नेहाँको बारेमा थाहा पाए,पहिल्यैदेखिनै यस्तै असहाय तथा बिपन्न परिवारका बिरामीलाई मैले सेवा गर्दै आएकोले नेहाको बारेमा थाहा पाउने बितिकै कसरी उपचार गरौ भन्ने चिन्ताले सतायो, मैले साझँको समयमा फेसबुकमा पोष्ट देखेको थिए रातभर कसरी उपचार संभब छ भन्ने सोच्द सोच्दै बिहान जस्तै भएको थियो । तत्कालै मैले तिलगंगाका बरिष्ठ आँखा रोग बिषेशज्ञ डा.बेन लिम्वुलाई सम्पर्क गरे पहिला देखिनै धेरै मानिसको तिलगंगामा निसल्क उपचार गराइसकेकाले डा. लिम्बुसँग सम्पर्क गर्न गार्हो भएन र तत्काल नेहालाई बोलाएर उपचार गराएको हु र यो सफलताको र सहयोग प्रति तिलगंगा परिबार र डा.लिम्बुलाई आभार प्रकट गर्न चाहान्छु” उनी सुनाऊछन् । लकडाउनको बेला सबै घरभित्रनै सिमित रहदा मनकारी समाजसेवी न्यौपाने भने कसलाई दुख परेको छ भन्दै र दुख परेकालाइ आफ्नै परिवार जस्तै सहयोग गर्न लल्लिन रहन्थे । लकडाउनकाबेला कतिपयले खानाखानै समस्या भएर आत्महत्या गरेका पनि छन् तर न्यौपानेले भने सदाको परिवारको समस्या समेत समाधान पारिदिनु भयो’ बालिकाका बाबु भन्छन् ।

नेहाको बुवा भोला सदा भन्छन् मेरो छोरीको उपचारमा सहायोग गर्ने सुवास न्यौपाने मेरोलागि भगवान नै हो । लकडाउनको बेला कहाँ बस्ने र के खाने भन्ने चिन्ताले सताइरहेको बेलामा छोरीको निशुल्क उपचार हुन्छ भन्ने सुन्ने बितिकै हर्षित भएको थिए तर काम नगरेको धेरै भएकाले आफुसंग पैसापनि थिएन खान बस्न के गर्ने भन्ने चिन्ताले सताएको थियो तर उहाँले सबै ब्यबस्था म गछर् भन्नु भएकाले हिम्मत गरेरै काठमाडौ पुगेको थिए ।अहिले छोरिको आखाँको अप्रेसन भएको छ आखा देख्छे हामी सबै खुसी भएका छौं,हामी जस्ता असहायको जिबनमा आशाको किरण थपिदिएकामा समाजसेवी न्यौपानेलाई धन्यवाद दिन्छु’ सदाले आभार व्यक्त गर्दै भने । नेहा त एक उदहरण मात्रै हुन उनिजस्तै अर्थिक अबस्था कमजोर भएका असाहयहरुलाई समाजसेवी न्यौपानेले धेरै सहयोग गरेका छन् । यसरी समाजमा रहेका असहाय बिपन्न परिवारको सेवागर्नुमानै आफ्नो धर्म र सन्तुस्टि रहेको समाजसेबी न्यौपाने बताउछन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको