
गायक ध्रुव बिस्को र गायिका सरु गौतमको स्वरमा रहेको गीत ‘झन झन माया…’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द तथा गायक बिस्कोको नै सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा अभिनेता पुष्प खड्का, नरेन खड्का, सृजना केसी र सरोज मोक्तानको अभिनय तथा नृत्य देख्न सकिन्छ । भिडियोमा दिनेश डिसी पनि फिचर भएका छन् । माइकल सेटअपको करियोग्राफी रहेको भिडियोलाई उत्सव दाहाल र टिमले खिचेको हुन् भने सम्पादन शिलन लम्सालको छ ।
नेपाली लोक तथा पश्चिमेली सङ्गीतलाई दक्षिण भारतीय बिटसँग मिलाएर डान्सिङ शैलीमा यस तयार गरिएको ध्रुव बताउँछन् । उनी भन्छन्, ‘हामीले यस गीत चलचित्रको लागि भनेर तयार गरेका थियौँ । कोरोनाका कारण चलचित्रको टुङ्गो नभएपछि भिडियोमा ल्याउने प्रयास गरेका हौँ ।’

लोकप्रिय समाचार