Logo
26 Mar 2025    १२ चैत्र २०८१, बुधबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

ट्राफिक लाइटको बेवास्ता गर्नेले पनि अनलाइन कक्षामा बस्‍नु पर्ने

admin

महानगरीय ट्राफिक महाशाखाले अबदेखि ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिने भएको छ।

कोरोना भाइरसका कारण महाशाखाले ट्राफिक सचेतना कक्षालाई प्रविधिको प्रयोगमार्फत् निरन्तरता दिने भएको महाशाखाले जनाएको छ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराइका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कोठामा उपस्थित गराएर कक्षा सञ्चालन गर्दा जोखिम झन् बढ्न सक्ने भएकाले भर्चुअल क्लासको व्यवस्था गरिएको हो ।

उनले भने, ‘ ‘रातो बत्तीमा समेत गाडी हुँइक्याउने र जथाभावी बाटो क्रस गर्ने पैदलयात्रुको बानीले दुर्घटनाको सम्भावना बढ्ने र सडक जाम समेत हुन्छ, यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न र ट्राफिक लाइटको पूर्ण पालना गराउन कारबाहीका साथै ट्राफिक कक्षा लिने व्यवस्था गरिएको हो।’

लामो समयदेखि बग्गीखानामा लिँदै आएको ट्राफिक सचेतना कक्षा कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द भएको थियो।

यसका साथै मादक पदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासनको पालना नगर्ने र ट्राफिक लाइटको बेवास्ता गरी रातो बत्तीको उल्लंघन गर्ने चालकहरुलाई अनलाइन सचेतना कक्षा लिनुपर्ने महाशाखाले जनाएको छ।

सचेतना कक्षा सम्बन्धी दैनिक तालिका तथा कक्षाको लिङ्क समेत महाशाखाको अफिसियल फेसबुक पेजमा प्रकाशित गरिने छ। ट्राफिक कारबाहीमा परी सचेतना कक्षामा अनिवार्य समावेश हुनुपर्ने चालकहरुले सोही फेसबुक पेजको लिङ्क मार्फत निर्धारित समयभन्दा अगावै समावेश हुनुपर्ने छ ।

एक घण्टाको सचेतना कक्षामा समावेश हुन सम्बन्धित चालकले ट्राफिक प्रहरीले दिएको चिटको नम्बर प्रयोग गरी रजिष्ट्रेसन गर्नुपर्ने व्यवस्था मिलाइएको छ।

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको