Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

एक महिना दिनभित्रै कक्षा १२ को नतिजा

admin

 कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो । 

परीक्षा बोर्डले एक साताभित्र उत्तरपुस्तिकाको परीक्षण पूरा गर्ने तयारी गरेको छ । कतिपय विषयको उत्तरपुस्तिका परीक्षण सुरु भइसकेको छ ।

शिक्षकले उत्तरपुस्तिका परीक्षण गरी विद्यार्थीको प्राप्ताङ्क पठाइदिएपछि तीन साताभित्र परीक्षाको बाँकी काम पूरा गर्ने बोर्डको तयारी छ । त्यसपछि सम्परीक्षणको काम एक साताभित्र सक्ने योजना छ ।

यसैबीच, परीक्षा बोर्डले कोरोना भाइरसबाट प्रभावित भएर परीक्षा लिन नपाएका विद्यार्थीका लागि फेरि एक पटक अवसर दिने भएको छ । विद्यार्थीलाई पुनः परीक्षाको अवसर दिने र त्यसको सूचना आगामी १५ दिनको हाराहारीमा दिने बोर्डको तयारी छ ।

कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीले एक महिनाभित्र नतिजा हात पारेपछि शैक्षिक सत्रमा कुनै क्षति नहुने विश्वास बोर्डको विश्वास छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगित गरिएको कक्षा १२ को परीक्षा सफलतापूर्वक सम्पन्न भएको जानकारी अधिकारीहरूले दिएका छन् । मङ्सिर ९ गते सुरु भएको कक्षा १२ का विद्यार्थीको वार्षिक परीक्षा मङ्गलबार सकिएको हो । गोरखापत्र दैनिकबाट


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको