Logo
11 Dec 2025    २६ मंसिर २०८२, बिहीबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

चैत ८ गतेदेखि बन्द धार्मिकस्थल हलेसी खुला

admin

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न गत चैत ८ गतेदेखि बन्द हलेसी आठ महिनापछि खुला गरिएको छ। कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने खतरालाई ध्यानमा राखेर दर्शन गर्न आउने दर्शनार्थीको पूजाआजा नरोकिने गरी मुख्य गुफा (महादेव–पार्वती थान) र बसाहा गुफा प्रवेशमा रोक लगाइएको आठ महिनापछि पुनः खुला गरिएको हो।

हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसी विश्वभर एकैसाथ महामारीका रूपमा कोभिड–१९ को सङ्क्रमण फैलिएसँगै बन्द गरिएको थियो। मुलुकका महत्त्वपूर्ण धार्मिक स्थल खुला गरी भक्तजन प्रवेश गराइएको तथ्यहरू उल्लेख गर्दै हलेसी तुवाचुङ नगरपालिकाले सूचना जारी गरेर जनस्वास्थ्यका मापदण्ड पालना गर्दै तीर्थालु भक्तजनलाई मन्दिर प्रवेशमा खुला गरिएको जानकारी दिएको छ।

नगरप्रमुख इवन राईले मङ्गलबार जारी गरेको सूचनामा मूल गेटबाट एकपटकमा १० जना दर्शनार्थी मात्र मन्दिरभित्र प्रवेश गराइने, मन्दिर प्रवेशका क्रममा भक्तजनले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने र अनिवार्य भौतिक दूरी कायम गर्नुपर्ने, मन्दिरको भित्री परिसरमा फूल, अक्षता, अगरबत्तीजस्ता पूजाका सामग्री लैजान नपाइने, पूजा सामग्री नलैजाने व्यवस्थाका लागि मन्दिरको बाहिरी परिसरमा आवश्यक व्यवस्था मिलाइने उल्लेख छ। मन्दिरमा खटिएका स्वयंसेवक तथा सुरक्षाकर्मीले भक्तजनलाई लाइनमा बस्नेलगायतका आवश्यक प्रबन्ध मिलाउने तथा कोभिड–१९ को महामारीले प्रतिकूल असर पर्ने सम्भावना देखिए स्थानीय प्रशासनसँगको समन्वयमा जुनसुकै बेला पुनः मन्दिर प्रवेशमा रोक लगाइने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

उता हलेसी विकास समितिले भने सङ्घीय सरकार मातहतको हलेसी मन्दिर खुलाउने बारेमा आफूहरुसँग परामर्श नगरी नगरपालिकाले ठाडो हस्तक्षेप गरेर बन्द रहेको मन्दिर खुलाएको गुनासो गरेको छ। समितिका अध्यक्ष टङ्क राईले मन्दिर खोल्ने कुरामा समितिको विमति नरहेको तर नगरपालिकाले बिना परामर्श अधिकार क्षेत्रभन्दा बाहिर रहेर मन्दिर खोलेकामा भने आफूहरूको विरोध रहेको जनाएका छन्।  


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको