Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

कोरोना बीमाको भुक्तानी ३ दिनभित्रै गर्न बीमा समितिलाई अर्थ मन्त्रालयको निर्देशन

admin

 बीमा समितिलाई कोरोना बीमा रकम ३ दिनभित्रै भुक्तानी दिन अर्थ मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले भेरीफिकेशन गर्न बाँकी दाबीको भेरीफिकेशन ३ दिनभित्रै सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउन समितिलाई निर्देशन दिएको हो ।

कोरोना बीमा रकम ७ दिनभित्रै भुक्तानी दिनू भन्ने आफ्नो निर्देशन कार्यान्वयन नभएपछि अर्थ मन्त्रालयले पुनः ताकेता निर्देशन पठाएको हो ।

हाल कुनकुन बीमा कम्पनीमा कति संख्यामा दाबी परेको छ सोको विवरण समेत पठाउन भन्दै अर्थ मन्त्रालयले समस्या समाधानका लागि समितिबाट के कति प्रयास भइरहेको छ र मन्त्रालयमा सहजीकरणका लागि पहल गर्नुपर्ने विषय के के हुन् भन्दै त्यसको विस्तृत विवरण पठाउन अर्थमन्त्रालयद्वारा जारी पत्रमा भनेको छ ।

पत्रमा भनिएको छ ‘कोरोना बीमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, प्रमाणीकरण नभएका वा नक्कली दाबी विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी विवरण सार्वजनिक समेत गर्नुहुन अनुरोध छ ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको