Logo
04 Oct 2024    १८ आश्विन २०८१, शुक्रबार

ताजा खबर

२१ वर्षपछि फिर्ता भयो पशुपतिनाथको धर्मशाला पूर्वराजा ज्ञानेन्द्र शाहलाई भुटानमा रेड कार्पेट सहित भव्य स्वागत नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षीय विद्युत् व्यापार सम्झौता कसैले कालोबजारी तथा मूल्यवृद्धि गरे ११३७ मा फोन गर्नूस् नेपालद्वारा ओमान पराजित आजदेखि दसैँ सुरु, आज घटस्थापना

कक्षा ११ को परीक्षा विद्यालयबाटै

admin

राष्ट्रिय परिक्षा बोर्डले यस पटकबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार विद्यालयलाई दिएको छ । कोरोना सङ्क्रमणका कारण यस पटकबाट कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार विद्यालयलाई दिइएको भए पनि अब त्यो अधिकार सधैँका लागि विद्यालयलाई नै हस्तान्तरण गरिएको जानकारी बोर्डले दिएको छ । यसअघि कक्षा ११ को अन्तिम परीक्षा राष्ट्रियस्तरमा नै बोर्डले नै सञ्चालन गर्ने गरेको थियो ।
ग्रेडवृद्धिको परीक्षा चल्दै
यसका साथै कक्षा ११ मा ग्रेडवृद्धिको परीक्षासमेत हाल विद्यालयहरूले सञ्चालन गरिरहेका छन् । केही विद्यालयले भने यसअघि नै परीक्षा लिई सकेको पाइएको छ । ललितपुर, काठमाडौँ र भक्तपुरका धेरै विद्यालयले संयुक्त रूपमा मङ्सिर २१ गतेदेखि सञ्चालन गर्दैछन् । ती विद्यालयले नियमित र ग्रेडवृद्धिका विद्यार्थीको परीक्षा एकै पटक सञ्चालन गर्न लागेका हुन् ।

कक्षा ११ को परीक्षा तीन घण्टाकै सञ्चालन हुनेछ । यसका साथै एक सय पूर्णाङ्कको नै परीक्षा हुनेछ । यस पटक कक्षा १२ को परीक्षामा ४० पूर्णाङ्क र डेढ घण्टामा परीक्षा लिइए पनि कक्षा ११ का विद्यार्थीलाई भने त्यो सुविधा दिइएको छैन । कक्षा ११ को परीक्षा सञ्चालनसम्बन्धी कार्यविधि यस पटक मात्रै नभई दीर्घकालीन रूपमा हेरर निर्माण गरिएका कारण तीन घण्टाको परीक्षा र सय पूर्णाङ्ककै परीक्षा लिने गरी व्यवस्था गरिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको