Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

सौराहामा पर्यटन व्यवसायीको सुतिरहेको अवस्थमा मृत्यु

admin

चितवनको सौराहामा सुतिरहेको अवस्थामा पर्यटन व्यवसायीको आज बिहान मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार रत्ननगर स्थित बच्छौली सौराहामा रहेको ‘एप एण्ड्स एप्पल स्टार’ रेष्टुरेण्टका सञ्चालक इन्द्रबहादुर गुरुङकी श्रीमती अन्दाजी २७ वर्षीया हीरामायाको मृत्यु भएको हो ।

स्थायी घर भरतपुर महानगरपालिका–१९ रामपुर भएकी गुरुङ सौराहामा पर्यटन व्यवसाय गर्दै आएकी थिइन् । खाना खाई सुतिरहेका अवस्थामा मुखवाट फिँज निस्किएपछि उपचारका क्रममा चितवन मेडिकल कलेज ल्याउँदै गर्दा बाटामा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रभुप्रसाद ढकालले बताउनुभयो । शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको