नेपाल टेलिभिजनबाट प्रसारण हुदै आएको लोकप्रिय टेलिसिरियल भद्रगोल अब प्रसारण हुन नसक्ने जानकारी प्राप्त भएको छ । उक्त टेलिसिरियलका लोकप्रिय कलाकार पांडे अर्जुन घिमिरेले आफ्नो फेसबुक स्टयाट्स मार्फत जानकारी दिए अनुसार केहि व्यक्तिको कारण अव भद्रगोलल प्रसारणलाई नेपाल टेलिभिजन मार्फत प्रसारण गर्न नसकिने भन्दै सम्पूर्ण दर्शकहरु प्रति आभार व्यक्त गरेका छन् । स्मरणीय रहोस भद्रगोलका थुप्रै भाग युट्युब च्यानलमा नं। १ ट्रेन्डिगंमा पर्न सफल हुदै आएको छ ।
कलाकार अर्जुन घिमिरेले फेसबुकमा लेखेका छन :
आजको दिनसम्म भद्रगोल टेलिसिरियल हेरेर राम्रो नराम्रो प्रतिक्रिया दिनुभयकोमा धन्यवाद ।मिडिया हब ले आजसम्म साथ र सहयोग गर्नुभयकोमा धन्यवाद ।कति दुख सुख लाई बेवास्ता गरि एकोहोरो रुपले कार्यक्रम उत्पादन गर्दै १५७ भाग सम्म प्रसारण गरियो तर कार्यक्रम को सम्झौता अनुसार कहिलेपनी भुक्तानी भयन ।केही कथित ब्यक्ति हरुको मनोमानी ले गर्दा हामिलाई कार्यक्रम उत्पादन गर्न निकै समस्या उत्पन्न गरियो।मिडिया हब को कर्मचारी भद्रगोल को निर्देशक भन्दा माथी देखियो । केही ब्यक्ति को स्वार्थ ले गर्दा कोहि ब्यक्ति ले मिडिया हब भन्दा माथी आफुलाई राख्दै हाम्रो कार्यक्रम मनोमानी ढंगले बिगारेर प्रशारण गराइयो ।हामिले मिडिया हब जस्तो प्रतिष्ठित कार्यलय को ब्यापार लाई उच्च मुल्यांकन गरि जनता ले चाहेको अनि ब्यापार लाई प्रबर्द्धन हुने किसिमको कार्यक्रम उत्पादन गर्ने कोसिस गरेकै हो।अब देखि भद्रगोल को पाइला यहि बिन्दु बाट बिश्राम गर्ने कोसिस गर्न लागेका छौ।कृपया सम्पुर्ण दर्शक ज्यु हरु प्रति आभारी हुँदै फेरि कुनै दिन टेलिभिजन मार्फत भेट हुने जानकारी गराउन चाहन्छु ।
यो समाचार तयार गर्दै गर्दा भद्रगोलका कलाकार अर्जुन घिमिरेले फेशबुकमा पोष्ट गरे लगतै मिडिया हवबाट छलफलको लागी अनुरोध भएकोले पोष्ट भएका स्टयाट्स हटाईएको जानकारी कलाकार एवं श्रृंखला निर्देशक दिपक आचार्यले राष्ट्रखवरलाई दिएका छन ।