Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

गायक नकुल कार्किको स्वर, संगीत तथा शब्द रहेको ‘मेरो साथ’ बोलको गीतको भिडियो सार्वजनिक (भिडियो )

admin

गायक, संगीतकार तथा बहुप्रतिभाका धनी नकुल कार्किको स्वर, संगीत तथा शब्द रहेको ‘मेरो साथ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
मोहनी मन्त्र एल्बममा समावेश यस् गीतमा मोडेल यमुना रसालको अभिनय तथा निर्देशन् रहेको छ । भिडियो लगभग ३ दिनको कडा मिहिनेत गरी पर्वत जिल्लाको सबैभन्दा उच्च स्थानमा रहेको सालीजा जलजला गाँउपालिकाको रमणीय ठाँउहरुमा शुटिङ सम्पन्न गरिएको हो ।

त्यस ठाँउमा बिजुली नभएको र बस्नका लागि होटेल रेष्टुरेण्ट पनि नभएको तर पनि जे जसो दु:ख गरी त्यस ठाँउलाई पर्यटकिय हिसाबले नेपालको ठाँउ भनेर चिनाउन खोजेको टिमको भनाई छ ।

भिडियो धेरै दु:ख गरेर बनाएको र केही नयाँ होस र नेपालको यस्तो दुर्लभ अनी रमणीय ठाँउहरुको पहिचान होस् भन्ने उद्देश्यले आफुहरुले गरेको काममा सन्तुष्ट रहेको भिडियो कि मोडेल तथा निर्देशक यमुनाले बताईन । साथै आफुलाई यस् कामका लागि साथ सहयोग दिनु हुने सम्पूर्ण टिमलाई पनि धन्यवाद प्रकट गरिन ।

भिडियोमा अमन मगरको छांयाकन तथा सम्पादन रहेको छ । स्वयम गायक कार्कीकै एरेन्ज रहेको गीतलाई दिनेश श्रेष्ठले मिक्सिङ मास्टटिङ गरेका हुन ।

अडियो भिडियो आफुलाई सहयोग गर्ने प्रत्यक्ष तथा अप्रत्यक्ष व्यक्तीहरुलाई र रप्रविन श्रेष्ठ, प्रशान्त तमाङग, मुना श्रेष्ठ, समिर खान लगायतलाई मनैदेखि नै धन्यवाद दिन चाहेको कुरा गायक नकुल कार्किले बताए । साथै दर्शक श्रोताले पनि आफ्नो गीत र भिडियोलाई पहिलेको गीत र भिडियो जस्तै माया गरिदिनु हुन्छ भन्ने कुरामा आफु विश्वस्त रहेको कुरा गायक कार्कीले बताए ।

गायक नकुल कार्किको यस् अघि पनि ६ वटा एल्बम तथा दर्जनौ भिडियोहरु बजारमा आईसकेको छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको