Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

बेलायतमा आजदेखि कोरोना विरुद्धको खोप

admin

कोरोना भाइरस जस्तो महामारीविरुद्ध जहाँ विश्वका अधिकांश देशहरु अहिले पनि खोपको क्लिनिकल ट्रायलमै छन्, त्यहीँ बेलायतले आज मंगलबारदेखि आफ्ना नागरिकलाई खोप लगाउन थाल्दैछ । फाइजर र बायोएनटेक कम्पनिद्वारा विकसित कोरोना भाइरसविरुद्धको खोपका रोल–आउट आजदेखि प्रारम्भ हुँदैछ ।

बेलायत ६१ हजारभन्दा निधनका साथ कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित यूरोपेली देशहरु मध्येको एक हो ।यद्यपि, बेलायती प्रधानमन्त्री बोरिस जोनसनले संयुक्त राज्य अमेरिका अथवा यूरोपेली संघभन्दा पहिला फाइजर र बायोएनटेक खोपलाई रोल–आउट गरेर यो रोगविरुद्ध एउटा अभियान नै प्रारम्भ हुने आशा व्यक्त गरेका छन् ।

बेलायतले एक हप्ताभन्दा पनि कम समयमा आपतकालिन उपयोगका लागि कोरोना भाइरस खोपलाई स्विकृती दिएको हो र यसलाई आफ्नो राष्ट्रिय स्वास्थ्य सेवा ९एनएचएस० को माध्यमबाट मानिसहरुसमक्ष पुर्‍याउने तयारी गरिरहेको छ ।

बेलायतले फाइजर र बायोएनटेकको ४० मिलियन खुराक खोपको ओदेश दिएको छ ।प्रत्येक व्यक्तिलाई दुई खुराकको आवश्यकता पर्दछ, त्यसैले यससले २० मिलियन मानिसहरुका लागि खोप लगाउन पर्याप्त हुनेछ ।

करिव ८ लाख खुराक पहिलो हप्ता भित्र उपलब्ध हुने आशा गरिएको छ ।

खोप सबैभन्दा पहिला स्वास्थ्य सेवाहरुमा सक्रिय मानिसहरुलाई लगाइने छ ।

त्यसपछि यो खोप वृद्ध–वृद्धाहरुलाई लगाइने छ ।बेलायतमा फाइजरको कोरोना खोप रोल–आउट हुनु भन्दा ठिक एक दिनअघि एक वरिष्ठ अधिकारीले के भनेका छन् भने भारत फाइजर इन्क तथा एस्ट्राजेनेकाद्वारा विकसित कोरोना भाइरसको खोपहरुको समीक्षा गरिरहेको छ, ताकि तिनलाई आपतकालिन उपयोगका लागि अनुमति दिन सकियोस् ।

स्मरणीय छ, भारत सरकार भोल्यूमको हिसाबले विश्वको सबैभन्दा ठूलो खोप उत्पादक सीरम इन्स्टिच्यूट अफ इन्डियामाथि ठूलो मात्रामा आपूर्तिका लागि आशावादी छ, जसले सोमबार मात्रै एस्ट्राजेनेकालाई कोरोना भाइरसको खोपको आपतकालिन उपयोगका लागि पहिलो औपचारिक आवेदन दिएको छ ।

हालै फाइजरले पनि भारतमा आफ्नो कोरोना भाइरस खोपका लागि आपतकालिन उपयोगको स्विकृतिका लागि आवेदन दिएको थियो । सीरम इन्स्टिच्यूटले पनि खोपको आपतकालिन स्विकृतीका लागि आवेदन दिएको छ ।

सोमबार भारत बायोटेकले एउटा निवेदन दर्ता गरेर आफ्नो कोरोना भाइरस खोपका लागि प्राधिकरणबाट आपतकालिन उपयोगको स्विकृति मागेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै मात्र भारतमा केही हप्ता भित्रै कोरोना भाइरस खोप उपलब्ध हुने बताएका थिए ।

मोदीले जसै वैज्ञानिकले सबै परिक्षण पुरा गर्नेछन् र त्यसप्रति सन्तुष्ट हुने छन्, त्यसपछि तुरुन्तै खोप लगाउने कार्यक्रमको थालनी गरिने छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको