Logo
15 Mar 2025    १ चैत्र २०८१, शनिबार

ताजा खबर

चलचित्र “आमा आज पनि रुन्छिनको ” शुभ मुहुर्त सम्पन्न गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीको निर्देशन सुनको भाउ एकै दिन तोलामा चार हजारले बढ्यो ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न साहित्यकार लीलबहादुर क्षेत्रीको निधन नेपाल आज हङकङसँग भिड्दै

भ्रामक सन्देश फैलाउने ३ जना पक्राउ

admin

kukhurako khutta bhacheko nihuma jail

सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई भ्रामक सन्देश फैलाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई भ्रामक सन्देश फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा ललितपुर महालक्ष्मी सानागाउँका विवेक महर्जन, कास्की पोखरा बस्ने १७ वर्षीय किशोर र सोही ठाउँ बस्ने १५ वर्षीय किशोर रहेका छन् ।

अनाधिकृत रुपमा पहुँच बनाई प्रचलित ऐन कानुन विपरीतका कार्यहरु हुने गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा अनधिकृत रुपमा सरकारी सूचना प्रवाहका आधिकारिक विद्युतीय माध्यममा अनधिकृत पहुँच पुर्‍याई विद्युतीय (ईलेक्ट्रोनिक)कारोबार ऐन, २०६३ अन्तर्गत कसूर गरेको खुलेपश्चात उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की समेतको सहयोगमा उनीहरूलाई पक्राउ गरेको जानकारी दिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको