Logo
26 Apr 2025    १३ बैशाख २०८२, शनिबार

ताजा खबर

सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा राजधानीबाट पाँच बंगलादेशी नागरिक पक्राउ

‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०’सिजन-२ को उपाधि बिमला र धुर्बले हात पारे

admin

युथ क्रियसन नेपालको आयोजनामा राजधानीमा सम्पन्न भएको ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०’सिजन-२ को उपाधि बिमला लिम्बु र धुर्ब श्रेष्ठले जित्न सफल भएका छन्। त्यसैगरी युवती तर्फ रोजिना तामाङ फर्स्ट रनरअप,स्वस्तिका श्रेष्ठ सेकेन्ड रनरअप र पुरुष तर्फ अशोक मगर फर्स्ट रनरअप, साजन तामाङ सेकेन्ड रनरअप भएका छन् ।

त्यस्तै बेष्ट वाल्क कमला तामाङ र अशोक मगर , भिउर्स च्वाईस स्वेता लो लामा र साजन तामाङ, बेष्ट ड्रेस स्वस्तिका श्रेष्ठ र अशोक मगर, मल्टिमिडिया च्वाईस रेजिना श्रेष्ठ र साजन तामाङ, डिसिप्लिन अनिला बास्तोला, बेष्ट फोटोजेनिक रुपा आचार्य र रोसिन जंग थापा, पंचुअल रोजिना तामाङ र साजन तामाङ, बेष्ट स्माइल अनिला तामाङ र रंजित ठाकुर, बेस्ट पर्सनालिटी रेश्मा लामा र रुपेश गुरुङ, मिस फ्रेन्ड्ली रेजिना श्रेष्ठ, पपुलर अवार्ड बिमला लिम्बु र साजन तामाङ, अर्गनाईजर च्वाइस माया पुरी र बिकाश लामाले पाउन सफल भएका थिए।

प्रतियोगिताका बिजेताहरुले क्राउनको साथमा अस्ट्रेलिया पढ्नको लागि छात्रवृति, फ्लाइट टिकेट, आईल्ट्स, टोफेल्सको फ्री कोर्स, विभिन्न कम्पनिको ब्राण्ड एम्बस्डर तथा म्युजिक भिडियोहरुमा अभिनय गर्न पाउने कुरा अध्यक्ष रबि लामाले जानकारी गराएका छन्।

‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०’सिजन-२ को निर्णायकहरु बेटर ग्यालेक्सीका सीईओ धिरज तन्डुकार, स्वस्तिका राजभण्डारी, सुष्मा अधिकारि र मोडल दिपक घिमिरे रहेका थिए । ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०’सिजन-२ को प्रमुख अतिथिमा सांस्कृतिक संस्थान जमलका महाप्रबन्धक अशोक प्यासी राइ थिए ।

‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०’सिजन-२ का प्रतिस्प्रधीहरुलाइ विभिन्न अतिरिक्त क्रियाकलापहरु चङ्गा चेट ,रक्तदान कार्यक्रम, निशुल्क पानि तथा खाना बितरण,अनाथ बालबालिकालाई सहयोग गर्ने सामाजिक कार्यमा समेत सहभागी गराईएको थियो।त्यसैगरि विभिन्न सेलिब्रेटीहरुको साथमा मोटिभेसन क्लास लगायत अन्य आधारभूत जानकारी गराइएको युथ क्रियसन नेपालका अध्यक्ष रबि लामा जानकारीले गराए। कार्यक्रमको कोरियोग्राफी तथा संचालन अन्तराष्ट्रिय स्तरका कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको