Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

सुनचाँदीको मूल्यमा भारी वृद्धि अमेरिकी नागरिक अपहरण गरी तीन लाख युरो फिरौती माग्ने महिला पक्राउ वस्तु बिक्रीमा ‘एमआरपी’ उल्लेख नभए विक्रेतालाई कारबाही प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

हिजोको कांग्रेस र आजको कांग्रेसमा किन फरक ?

admin

नेपाली कांग्रेस लामो ऐतिहासिक इतिहास बोकेको पार्टी हो । यो पार्टी कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ की भन्र्ने चिन्ता छ । नेपालको लोकतान्त्रिक आन्दोलन देखि पटक पटक भएका राजनीतिक परिवर्तनमा नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका रहदै आएको छ । इतिहासलाई कसैले भुल्नु हुदैन । नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा सबै भन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस हो। यो पार्टीले राणाशासनको अन्त्य र निरंकुश राजतन्त्रको अन्त्य गर्न प्रमुख भूमिका खेल्यो । हरेक आन्दोलनको नेतृत्व नेपाली कांग्रेसले गदै आएको छ । नेपाल र नेपालीलाई स्वाधीन र सार्वभौम तुल्याउन कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गदै आएको कुरा कसैले भ्ुल्नु हुदैन । अहिले यो पार्टी पनि सत्तारुढ दल जस्तै आन्तरिक द्वन्द्व, कलह, गुट–उपगुटमा बिभाजित छ । विगत इतिहासलाई मात्र भजाएर पार्टी अघि बढन सक्दैन । ०७ सालको क्रान्ति, ०३६ सालको जनमतसंग्रह, ०४२ सालको सत्याग्रह, ०४६ सालको जनआन्दोलन, ०६२,०६३ सालको जनआन्दोलन लगायतको नेतृत्व नेपाली कांग्रेसले गरेको हो । हिजोको कांग्रेस र आजको कांग्रेसमा किन फरक छ ? हिजो कांग्रेस संघर्षशील र उर्जाशिल थियो । आज कांग्रेसमा त्यो छैन । प्रमुख प्रतिपक्षीको भूमिका सशक्त रुपमा अघि बढाउन सकेको छैन । सत्तारुढ दलले मनपरी गरिरहेको देखेर पनि किन प्रतिपक्ष दल कांग्रेस मौन छ ? पार्टीमा संघर्षशील, इमानदार कार्यकर्ताको मूल्यांकन हुन सकेको छैन। नेताकै चाकडी–चाप्लुसी गरेर आफ्नो दुनो सोझ्याउने प्रवृत्ति हावी छ । यो सवै पार्टीमा भएको रोग हो । त्यस कारणले गर्दा दलहरु कमजोर छन । लोकतन्त्रमा दलहरु कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो । लोकतन्त्रवादी शक्तिहरु हिजो जसरी एक भएर अघि बढेका थिए आज पनि एक भएर अघि बढनु पर्ने बेला आएको छ । लोकतन्त्र बिरोधी शक्तिहरु यो ब्यवस्था बिरुद्ध नारा जुलुश गदै हिडिरहेका छन । दलहरु किन मौन छन ? लोकतन्त्र माथि खतरा आउन थाल्यो । अव सवै लोकतन्त्रवादी शक्तिहरु जुटेर हिडनु पर्ने बेला आयो । राजनीतिक दलहरु सत्ता सवार्थको राजनीति छाडेर देश र जनताको पक्षमा सोच्ने बेला आयो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको