Logo
04 Feb 2023    २१ माघ २०७९, शनिबार

ताजा खबर

नेपाल–भारत बीचको सम्बन्ध अलौकिक र पुरानो रबिन्द्र आशिष ‘शैली’को ‘चिउरा भटमास’ सार्वजनिक (भिडियो) नेपाल एयरलाइन्सको टिकट अनलाईनबाट काट्न सकिने सामाजिक सुरक्षामा झण्डै चार लाख श्रमिक समेटिए मलेसियाका गृहमन्त्री नेपाल आइपुगे सुनको मूल्यमा नयाँ रेकर्ड

वर्तमान सरकारले गरेका निर्णय खारेज हुन्छ : नेता महरा

admin

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले वर्तमान सरकारले राजनीतिक अराजकता मच्चाएको आरोप लगाउँदै काम चलाउ सरकारले गरेका सम्पूर्ण निर्णय खारेज हुने बताएका छन् ।

टरिगाउँ विमानस्थलमा आज आयोजित साक्षात्कारमा उनले भने, “सरकारले गरेका कतिपय निर्णयलाई अब बन्ने सरकारले उल्टाउँछ, जथाभावी निर्णय गर्ने यो सरकारको काम होइन ।” वर्तमान सरकारले तोकेको प्रदेशको अस्थायी मुकामले देशैभरि विवाद सिर्जना गरेको उल्लेख गर्दै उनले प्रदेश मुकामको अस्थायी केन्द्र तोक्दा धोका भएको र अब राजधानी बनाउने जिम्मा प्रदेश सभामा आएको बताए ।

प्रदेशसभाका सांसदहरुले स्थायी राजधानी तोक्दा न्यायोचित, सन्तुलित एवं जिम्मेवारीपूर्वक निर्णय गर्ने उनको भनाइ थियो । नेता महराले हरेक दृष्टिकोणले ५ नं प्रदेशको प्रादेशिक राजधानी दाङ उपयुक्त रहेको उनको दाबी थियो ।

फरक फरक दृष्टिकोण र मान्यता बोकेका दुई दलबीचको एकता भने जस्तो सजिलो नभएको उल्लेख गर्दै नेता महराले भने, “पार्टी एकता आजको आवश्यकता हो एकतामा केही ढिला भए पनि केही समयपछि पार्टी एकता निश्चित हुनेछ ।”


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको