Logo
12 Nov 2025    २७ कार्तिक २०८२, बुधबार

ताजा खबर

भदौ २३ गते जेनजी विद्यार्थी हत्यामा तत्कालिन ओली सरकार दोषीः एमाले उपाध्यक्ष पाण्डे ‘फेस अफ जुनियर मोडल सिजन १’ को ग्राण्ड फिनाले भव्य रूपमा सम्पन्न मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त भारतीय कलाकार धर्मेन्द्रको निधनको खबर गलत, छोरीले भनिन् ‘अवस्था स्थिर छ’ सुन तोलामा ४ हजार ९०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो पशुपति क्षेत्र विकास संकट: कार्यकारी निर्देशक जोशी सदस्य सचिव पदको लागि विवादमा, ठेकेदार र राजनीतिक दबाब सक्रिय

रुसको भ्याक्सिन प्रयोग गर्न सरल, सहज र छिटो : रसियन फेडरेशन प्रतिनिधिमण्डल

admin

काठमाडौं, २४ मंसिर – रसियन फेडरेशनका ब्यापारिक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका भ्लादिसम मिट्रिभको टोलीले नेपाल चेम्बर अफ कमर्सको सचिवालय जमलमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वमा चेम्बर पदाधिकारीसँग भेट गरेको छ । सो अवसरमा नेपालका लागी रुसका राजदुत अलेकसेइ नेइकोभले कोभिड कहर माझ रसियन फेडरेशनका ब्यापारीक प्रतिनिधिमण्डलको भ्रमण भएकोले यसको विशेष महत्व रहेको र यस भ्रमणबाट दुवै मुलुकका जनता र व्यवसायीले लाभ लिन सक्ने कुरा व्यक्त गरे ।

व्यापारीक प्रतिनिधिमण्डलका प्रमुख मिट्रभले कोभिड विरुद्धको भ्याक्सिन रुसले परिक्षण गरी अधिक रुपमा प्रयोगमा आईसकेको उल्लेख गर्दै नेपालमा पनि सो भ्याक्सिनको प्रयोग गर्न सरल, सहज र छिटो हुने व्यवस्था मिलाउने उदेश्य निहित रहेको बताए । साथै उनले नेपाल भ्याक्सिन प्राप्त गर्ने संभाव्य दश मुलुकको सूचीमा रहेको बताउन पाउँदा आफुलाई खुसि लागेको कुरा ब्यक्त गरे । रुस फर्मास्युटिकल सामानको निकासीमा जेनेरिक निकासी गर्ने गरिएको बताउँदै अन्र्तराष्ट्रिय निकासीको ठूलो सम्भावना रहेको दुई मुलुक बीच सहकार्य गर्नु ठूलो संभावना रहेको पनि उनले औल्याए ।

उनले पूर्वाधार विकास अन्तर्गत रेल्वे सेवा, मेट्रो सेवा र अटोमोबाईल क्षेत्रमा विभिन्न परियोजना संचालन गर्न दुई मुलुकबीच सहयोग र सद्भावको पर्याप्त संभावना रहेको बताए । यसको साथै रुसले डिजिटल अर्थतन्त्रमा समेत जोड दिदै आएको र नेपालसंग कृषि क्षेत्रमा “फिजियोलोजीको” सहयोगका लागि प्रारम्भिक चरणको कार्य भइरहेको उनले उल्लेख गरे । मिट्रभले दुई ठूला मुलुकको बीचमा रहेको नेपाल ले पुलको काम गर्न सक्ने बताए । खासगरि नेपालमा परापूर्वककाल देखि प्रयोग भइरहेको आयुर्वेद एवम् पर्यटन र रुसमा प्रविधि पर्याप्त भएको कारणले आयुर्वेदको वैज्ञानिक ढंगले विकास गर्न सहकार्य गर्न सकिने बताए । साथै उनले ब्यवसायीहरुलाई लगानी गर्न आग्रह गर्दै “मेडिकल टुरिजम”मा जोड दिन सुझाए ।

पर्यटन प्रवद्र्धन र व्यवसाय प्रवद्र्धन गर्न नेपाल र रुस बीच सिधा हवाई सम्पर्क सुरुवात हुनुपर्ने रुसी ब्यापारीका प्रतिनिधीमण्डलका प्रमुख मिट्रभको तर्क थियो । सो अवसरमा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले धेरै पछि रुसको व्यापारीक प्रतिनिधमण्डललाई चेम्बरमा स्वागत गर्न पाउँदा खुसि लागेको बताउदै कोभिड–१९को भ्याक्सिन रुसले सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई तथा शुभकामना दिँए ।

अध्यक्ष श्रेष्ठले सो भ्याक्सिन नेपालमा आयात गरी नेपाली जनतामा वितरण गर्न चेम्बरले सहजकर्ताको भुमिका खेल्न तयार रहेको पनि बताए । साथै नेपालको अपार जलसम्पदाको समुचित प्रयोग गर्न जलस्रोत र ४०० के.भी. ट्रान्समिसन लाईनमा समेत रुसी लगानी आउने आशा एवं विश्वास व्यक्त गरे । विगतमा रुससँग सिधा सम्पर्क गर्न एरोफ्लोटको सेवा उपलब्ध भएको स्मरण गर्दै सो वा अन्य सेवावाट पर्याप्त प्रवद्र्धन गर्न सिधा हवाई सम्पर्क हुनुपर्ने बताउदै नेपाल जडिबुटी र आयुर्वेद्को जननी मुलुक नेपाल भएकोले स्वास्थ्य उपचारका लागी नेपालको जडिबुटी र रुसको प्रविधीको प्रयोग गर्नुपर्ने बताए ।

नेपालमा रुसबाट मलखाद आयात गर्न साल्ट ट्रेडिङ वा अन्य निकायसँग समेत वि टु वि वैठक गरी सो कार्य गर्न सकिने समेत श्रेष्ठले स्पस्ट पारे । खनीज तथा खनीजजन्य वस्तुको उत्खनन, आपसी ब्यापार र लगानीको लागी समेत नेपाल उपयुक्त मुलुक रहेको अध्यक्ष श्रेष्ठले उल्लेख गरे । साथै उनले नेपाल अल्पविकसित मुलक भएकोले र विकाशोन्मुख मुलुकमा स्तरोन्नतिको क्रममा रहेको हुदा हाल सम्म अमेरिका, अस्ट्रेलिया र यूरेपियन मुलुकहरुमा सामान्य गाह्यता प्रणली जि.एस.पी. र एभीथ्रिङ्ग बट आर्म अन्तर्गत विना भन्सारकोटा फ्रि सामान निकासी गर्न समेत अवसरको फाईदा लिन रुसी लगानीकर्ताहरुलाई आग्रह र अनुरोध गरे ।

दुई मुलुकमा हुने ब्यापर मेला तथा प्रर्दशनीमा सहभागीतामा समेत अध्यक्ष श्रेष्ठले जोड दिए । द्विपक्षिय भेटका क्रममा चेम्बरका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेश कुमार अग्रवाल, महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ, युथ चेम्बरका अध्यक्ष ,पर्यटन समितिका सभापति,सामाजिक तथा स्वास्थ्य समितिका सभापति, भन्सार समिति सभापति , नेपाल चीन व्यापार प्रवद्र्धन समिति सभापति , वाणिज्य समितिका सभापति र कार्य समिती सदस्यहरुको उपस्थिति रहेको थियो । सामाजिक दुरी र सरकारबाट तोकिएको स्वास्थ्य प्रोटोकल कायम गरी सिमित रुपमा भेट एवम् छलफल गरिएको चेम्बर अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको