Logo
04 Oct 2024    १८ आश्विन २०८१, शुक्रबार

ताजा खबर

२१ वर्षपछि फिर्ता भयो पशुपतिनाथको धर्मशाला पूर्वराजा ज्ञानेन्द्र शाहलाई भुटानमा रेड कार्पेट सहित भव्य स्वागत नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षीय विद्युत् व्यापार सम्झौता कसैले कालोबजारी तथा मूल्यवृद्धि गरे ११३७ मा फोन गर्नूस् नेपालद्वारा ओमान पराजित आजदेखि दसैँ सुरु, आज घटस्थापना

फेरि राजनीतिक सङ्कट थपिदै

admin

केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु मिलेर जानुहोस् । तपाईहरु नमिले सम्म देश बिकाश र समृद्धिको यात्रा पुरा हुने छैन । तपाईहरुलाई एकअर्का विरुद्घ कसले लडाइरहेको छ । अहिले मुलुकमा राजनीतिक स्थिरता छ । यो बेलामा सुशासन, शान्ति, अमनचैन, उत्पादन अभिवृद्घि, तीव्र विकास र समृद्घि हासिल गर्न कसले छेकेको छ ? समाजवादका आधार निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी सत्तारुढ नेकपाले पाएको छ । सत्तारुढ नेकपाले यो ऐतिहासिक जिम्मेवारी पुरा गर्ने कि नगर्ने यो गम्भिर प्रश्न हो । यो ऐतिहासिक कार्यभारलाई भुसुक्कै भुलेर नेताहरु आन्तरिक बिवादमा फस्नु राम्रो संकेत होइन । यो तीतो सत्य पहिलेदेखि नै सबैका सामु तेर्सिएको छ ।नेताहरूलाई धन चाहिएको छ । नेताहरु सिद्घान्त, विचार, नीति, विधि, पद्घतिभन्दा आफ्नो ब्यक्तिगत स्वार्थमा छन । देशको चिन्ता छैन , आफनै चिन्ता छ । सत्ता र शक्तिको आडमा राजनीति चलेको छ । समस्या यो हो । नेताज्यूहरू, यो देशको माया गर्नुहोस् । यो देशमा अहिले पनि हत्या छ । बलात्कार छ, चोरी, डकैती, गुण्डागर्दी, लुटपाट छ । गरिबी, अभाव र कालो बजारी छ । अन्याय, अत्याचार, शोषण, उत्पीडन छ । यो देश अहिले पनि उनै टाठाबाठाहरूको कव्जामा छ । सोझा जनता भने निरीह बनेर बस्न बाध्य छन । सर्वसाधरण जनता कष्टपूर्ण जीवन जिउन विवस छन् । लोकतन्त्रका नाममा लुटतन्त्र चलेको छ । यो कसले रोक्ने ? नेपालमा फेरि राजनीतिक सङ्कट थपिदै गएको छ । आन्तरिक समस्या चुलिँदै छ । राजनीतिक द्वन्द्व पेचिलो बन्दैछ । यसको मूल कारण के हो भने नेतामा दृढ इच्छाशक्ति, दूरदृष्टि र स्पष्ट दृष्टिकोण नभएकोले हो । जव सम्म राजनीतिक नेतृत्वपङ्क्ति सिद्घान्तनिष्ठ, इमानदार, नैतिकवान, सबल र सक्षम बन्दैन तबसम्म देशले विकास, उन्नति र समृद्घिको यात्रा पुरा गर्न सक्दैन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यो कुरालाई गम्भीर रूपमा ग्रहण गर्न जरुरी छ । मूल नेतृत्वले यो कुरा आत्मसात नगरे पतनको दिशामा जाने निश्चित छ । नेपालमा राजनीतिक परिवर्तन भयो । तर जनताको जीवनमा आधारभूत परिवर्तन भएन । दस वर्षे जनयुद्घ, उन्नाइसदिने जनआन्दोलन, मधेश विद्रोहले राज्य सत्ताको स्वरूप नै बदलिदियो । राजतन्त्र अन्त्य, सङ्घीय लोकतान्कि गणतन्त्र स्थापना भएको पनि डेड दशक भइसक्यो । तर यो राजनीतिक परिवर्तनले जनताको जनजीवनमा कुनै परिबर्तन ल्याउन सकेको छैन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको