जनकपुरधाम– सेवाग्राहीलाई मदिराको लाईलेन्स बनाई दिन्छु भनेर घुस लिदै गरेको अवस्थामा १० हजार नगद सहित जनकपुरबाट एक जनालाई रंगे हात पक्राउ गरिएको छ ।
लक्ष्मीनिया स्थित अस्थाइ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मनोज परसैलालाई बर्दिवासबाट खटिएको अख्तियार दुरुपयोग अनुशन्धान आयोगको टोलीले जवान परसैलालाई पक्राउ गरेको हो ।
सेवाग्राहीलाई फकाएर घुस मागिरहेको सूचनाको आधारमा प्रहरीलाई पक्राउ गरेको अख्तियारले जानकारी दिएको छ ।
लोकप्रिय समाचार