Logo
15 Mar 2025    १ चैत्र २०८१, शनिबार

ताजा खबर

चलचित्र “आमा आज पनि रुन्छिनको ” शुभ मुहुर्त सम्पन्न गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीको निर्देशन सुनको भाउ एकै दिन तोलामा चार हजारले बढ्यो ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न साहित्यकार लीलबहादुर क्षेत्रीको निधन नेपाल आज हङकङसँग भिड्दै

ख्याल गर्नुहोस्, फोहोर मैलाको कारण संक्रमण बढ्न सक्छ

admin

काठमाडौँ उपत्यकामा फोहोर मैला ब्यबस्थापन सहज रुपमा हुन सकेको अवस्था देखिदैन । यो काठमान्डौ महानगरपालिकाको लागि चुनौतीको विषय हो । काठमान्डौ उपत्यकाका अधिकांश भूभागमा फोहोरका थुप्राहरु देखिन्छन् । यसले आम उपत्यकाबासीलाई दुर्गन्धित बनाई रहेको छ । यस प्रति सरोकारवाला निकाय किन मौन ? यति बेला उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्था छ । यस विषयमा सबै गम्भीर हुनु पर्ने आवश्यकता देखिएको छ । फोहोर मैलाको कारणले गर्दा पनि संक्रमण बढ्न सक्छ । जाडो मौसममा कोरोनाको जोखिम बढ्ने स्वास्थ्य विद्ले बताइरहेका छन् ।

यस्तो अवस्थामा तपाई हामी आजै देखि सचेत हुनुपर्ने जरुरी देखिएको छ । विगत नौ महिना देखि बन्द स्कुल कलेज खोल्न सक्ने वातावरण पूर्ण रुपमा बन्न सकेको अवस्था छैन । पहुच र सुगम ठाउँका विद्यार्थीहरुले मात्र भर्चुअल कक्षाको उपयोग गरिरहेका छन् दुर्गम र विपन्न वर्गका विद्यार्थीहरु शिक्षा लिनबाट बञ्चित छन् । यसको मुख्य कारण् कोरोना कहर नै हो । यस्तो बेलामा बन्द भएका स्कुल , कलेज खोल्न उचित हुन्छ या हँुदैन गम्भीर प्रश्न उठीरहेको छ । यो विषयमा स्वास्थ्य विज्ञले तत्काल बन्द स्कुल, कलेज नखोल्न सुझाब दिएका छन् । यदि तत्काल खुलेमा संक्रमणको जोखिम बढ्न गई कोरोनाको दोसो्र लहर आउन सक्ने चेतावनी दिएका छन् । त्यस कारणले गर्दा तपाई हामी आम नागरिक सर सफाइमा ध्यान दिनु पर्छ । फोहोर मैलाको कारण संक्रमण बढ्न जाने हुनाले जथाभावी फोहोर नफाली उचित ठाउँमा मात्र फोहोर मैला फाल्ने बानी बसाउनु पर्छ, यो नै सभ्य नागरिकको कर्तब्य र दायित्व हो । काठमाडौँ उपत्यकाका नदी किनारमा अझै पनि फोहरमैला फाल्ने काम रोकिएको छैन । किन काठमाडौँ उपत्यका भित्रका नागरिक पूर्ण रुपमा यस विषयमा सचेत छैनन् ? मलाई प्रश्न गर्न मन लाग्यो । यसरी हेर्दा नागरिकले फोहरका पोका, प्लास्टिक, मृत जनावर, ढललगायतका फोहरजन्य वस्तुहरू नदीमा फ्याँक्दै जाने हो भने जति प्रयास गरे पनि उपत्यकाका नदी किनार सफा हुने देखिँदैन । कुनैै पनि कार्यक्रम सफल बनाउनका लागि राज्य र नागरिकको सामूहिक सहभागिता आवश्यक हुन्छ । एउटा नागरिक आफंै सचेत भएर आफ्नो टोल, छिमेक, गाउँ, ठाउँ वा सहर आफैं बनाउने वा सफा राख्ने बानी बसाल्नु पर्छ । ख्याल गर्नुहोस्, फोहोर मैलाको कारण संक्रमण बढ्न सक्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको