Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

अमेरिकी नागरिक अपहरण गरी तीन लाख युरो फिरौती माग्ने महिला पक्राउ वस्तु बिक्रीमा ‘एमआरपी’ उल्लेख नभए विक्रेतालाई कारबाही प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन

गीतकार लोकराज अधिकारीले ल्याए ‘क्या बात’ (भिडियो सहित)

admin

नेपाली गीती लेखनमा नाम कमाएका गीतकार लोकराज अधिकारीले नयाँ गीत क्या बात ! को भिडियो सार्बजनिक गरेका छन । सार्बजनिक भएको गीतमा सरोज कोइरालाको संगीत वर्षा दासको स्वर रहेको छ । मेल भर्सनमा नरेन्द्र प्यासीको स्वर सुन्न सकिन्छ । मेल भर्सनको भिडियो भने केही समय पछि बनाउने योजना क्या ! बात टिमको छ । गीतकार अधिकारीले आफ्नै युट्युब च्यानल बाट सार्बजनिक गरेको भिडियोमा श्रीदेब भट्टराई , शिलास्मा हमाल, आश्मा अधिकारी र डा. रोजिना अधिकारीको अभिनय रहेको छ ।

बिकाश दाहालले सम्पादन गरेको भिडियोलाई अजय रेग्मी ले खिचेका हुन भने निर्देशन हेम प्रभासले गरेका हुन । लिला डागीको प्रस्तुति रहेको उक्त गीतको संगीत संयोजन गोबिन्द मधुर आचार्यले रेकर्डिङ मिक्सिङ सन्तोष पौडेलले गरेका हुन । नेपाली सुगम संगीत र चलचित्रमा गीत लेखेर ख्याती कमाएका गीतकार लोकराज अधिकारीले आफ्ना अघिल्ला गीत हरु जस्तै यो गीतले पनि श्रोताको मन जित्नेमा आशावादी छन । उनले भने च्यानल नयाँ छ तुलनात्मक रूपमा अन्य गीत भन्दा भ्युज थोरै हुन सक्छ । तर जतिले हेर्नू हुनेछ सिर्जनाले दिल छुनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको