Logo
12 Feb 2025    ३० माघ २०८१, बुधबार

ताजा खबर

एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन सुनको भाउ १ लाख ७० हजार नाघ्यो नायक श्रीदेवले सुरु गरे पडकास्ट शान्दार म:म ग्यास विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु

पूर्व राजा ज्ञानेन्द्रलाई राजाकै हैसियतमा अन्तर्राष्ट्रिय गौ सम्वर्द्धन महोत्वसमा निम्तो, भोली भारत जादै

admin

काठमाडौँ : पूर्व राजा ज्ञानेन्द्र शाह लोपोन्मुखु भारतीय देसी गाई जोगाउने उद्देश्य रहेको संगठन श्रीमार्गले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन भोलि भारतको उडिसा जाँदैछन्।

पूर्व राजा ज्ञानेन्द्र  प्रेस विज्ञप्ति नै जारी गरी भारत जान लागेका हुन्। भोलि दिउँसो साढे ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ज्ञानेन्द्र भारतका लागि प्रस्थान गर्दैछन्। पूर्वराजा समर्थकहरुले विदाइका लागि विमानस्थलमा उपस्थित हुन सर्कुलर जारी गरिसकेका छन्।

बुधबार उडिसाको राठीपुरमा हुने अन्तर्राष्ट्रिय गौ सम्वर्द्धन महोत्वसमा ज्ञानेन्द्रलाई नेपालका राजाकै हैसियतमा सहभागी हुन निम्तो पठाइएको छ। सोही अवसरमा गौमाता मन्दिरको शिलान्यास गर्ने कार्यक्रम पनि छ।

आयोजक श्रीमार्गका अनुसार त्यहाँ शनिबारदेखि बुधबारसम्म गो विश्वशान्ति महायज्ञको पनि आयोजना हुँदैछ। महायज्ञको अन्तिम दिन ज्ञानेन्द्रले पूर्णाहुति पनि दिनेछन्।

सोही क्रममा ज्ञानेन्द्रलाई राजसिंहासनमा राखी अभिषेक पनि गर्ने कार्यक्रम रहेको छ। श्रीमार्गका सदस्य समिर समालले हिजो आयोजित पत्रकार सम्मेलनमा भने, हिज मेजेस्टी द रोयल किङ अफ नेपालको राज सम्वर्द्धनु सर्वसाधारण र गण्यमान्य व्यक्तिहरुले बुधबार गर्नेछन्। ज्ञानेन्द्रले राजाहरुले मात्र गर्न पाउने गुह्य पूजा पनि त्यहाँ गर्ने कार्यक्रम रहेको छ।

हिन्दु धर्मावलम्बीहरुको एउटा प्रमुख तीर्थस्थल जगन्नाथ मन्दिर यही राज्यमा रहेको छ। नेपालका राजालाई जगन्नाथ मन्दिरमा पूजा गर्ने विशेष अधिकार रहेको मानिन्छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको