
राजधानी काठमाडौंको कलंकीमा शुक्रबार साँझ भयानक सवारी दुर्घटना भएको छ। कलंकीस्थित पेट्रोल पम्प नजिकै एक बे्रक फेल भएको ट्रकले ६ वटा अन्य गाडीलाई ठक्कर दिएको छ।
सो दुर्घटनामा परी एकजना पैदल यात्रीको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनकराज भट्टराईले जानकारी दिए।
उनका अनुसार ब्रेक फेल भएको प्रदेश २ ०३००१ ख १४२० नम्बरको ट्रक ६ वटा गाडीलाई ठक्कर दिएपछि अन्तिममा एक घरमा ठोक्किएको छ। सो घटनामा ४ जना घाइते भएका छन्। उनीहरुको बयोधा अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। मृतक पुरुषको सनाखत भने हुन सकेको छैन।

लोकप्रिय समाचार