Logo
25 Apr 2025    १२ बैशाख २०८२, शुक्रबार

ताजा खबर

लोकतान्त्रिक यातायात व्यवसायी संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन ‘तिमी नै छौ यो मनमा’ भन्दै दीपेन्द्र अधिकारी(भिडियो) त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप : राष्ट्रिय पुरुष टिम भारतको कर्नाटकमा परिआएको खण्डमा सरकारबाट बाहिरिने छौँ : गगन थापा तीन दिनभित्र विद्यालय फर्किन शिक्षकलाई सर्वोच्चको आदेश पाकिस्तानले गर्‍यो भारतसँगको व्यापार, हवाइ उठान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित

महिला रेस्लरहरुबीच काठमाडौंमा ‘महिला रेस्लिङ च्याम्पियनसिप’ हुँदै

admin

महिला रेस्लरहरुबीच शनिबार काठमाडौंमा ‘महिला रेस्लिङ च्याम्पियनसिप’ हुँदैछ।

नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा काठमाडौंको शान्तिनगरमा च्याम्पियनसिप हुन लागेको हो। कार्यक्रम फाउन्डेसनको प्राङ्गणमा दिउँसोको २ बजे देखि ५ बजेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका महिला खेलाडीहरुको उपस्थितिमा स्वास्थ्यको मापदण्डलाई ख्याल गरि, भौतिक दुरि कायम गरि हुने कार्यक्रमका आयोजक टिमले बताए ।

फाउन्डेसनको संस्थापक अध्यक्ष तथा नेपालकी पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) ले  यस प्रकारको महिला च्याम्पियनसिप देशमा लकडाउनपछी पहिलो पटक हुन लागेको खड्काले बताइन् ।

उनले भनिन्, “महिलाहरुको रेस्लिङ अहिलेसम्म भएको छैन, कोरोना संक्रमण महामारीका बेला रेस्लिङ सिकेका दिदीबहिनीलाई रिङमा उतार्न लागेकी छु।”

खड्काले महिलाहरुलाई रेस्लिङको तालिम दिंदै आएकी छिन्। अहिलेसम्म आफूले १०७ जना महिलालाई तालिम दिएकोमा तीमध्ये ४५ जनाले निरन्तर खेलिरहेको उनले बताइन्।

खड्काले देशमा कयौं पटक आयोजना भएका च्याम्पियनशिप लगायत विदेशमा रेस्लिङ खेलेर अन्तर्राष्ट्रिय पुरस्कारहरु पनि जितेकी छिन्। उनी रेस्लर मात्र नभएर एक कुशल अभिनेत्री तथा गायिका पनि हुन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको