Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

स्नातक परीक्षामा ९५ प्रतिशत विद्यार्थी उपस्थित

admin

त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा आइतबारबाट स्नातक तहको परीक्षा सुरु गरेको छ । कोरोना भाइरसका कारण लामो समयदेखि सञ्चालन हुन नसकेको परीक्षा सुरु गरिएको हो । परीक्षामा यसपटक ९५ प्रतिशत विद्यार्थीको सहभागिता रहेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।
विद्यार्थीको भौतिक उपस्थितिमै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको परीक्षा लिएको झण्डै दुई सातापछि विश्वविद्यालयले परीक्षा लिन थालेको हो । बोर्डले झण्डै चार लाख विद्यार्थीको परीक्षा मङ्सिर दोस्रो साता सकेको थियो ।विगतका वर्षका परीक्षामा भन्दा यस पटकको परीक्षामा विद्यार्थीको उपस्थिति धेरै उत्साहजनक देखिएको जानकारी उनले दिए । त्रिविले आइतबारबाट सञ्चालन गरेको स्नातक तहको व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञानमा ७२ हजार विद्यार्थी परीक्षामा सहभागी रहेको जनाइएको आजको गोरखापत्र दैनिकमा खवर छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको