Logo
04 Oct 2024    १८ आश्विन २०८१, शुक्रबार

ताजा खबर

२१ वर्षपछि फिर्ता भयो पशुपतिनाथको धर्मशाला पूर्वराजा ज्ञानेन्द्र शाहलाई भुटानमा रेड कार्पेट सहित भव्य स्वागत नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षीय विद्युत् व्यापार सम्झौता कसैले कालोबजारी तथा मूल्यवृद्धि गरे ११३७ मा फोन गर्नूस् नेपालद्वारा ओमान पराजित आजदेखि दसैँ सुरु, आज घटस्थापना

आम नागरिक पिडादायी अवस्थामा बाच्न बाध्य

admin

अब दलहरु नसच्चिए मुलुक बन्दैन अहिलेको सरकारको मुख्य कार्यभार भनेको देशको विकासलाई गति दिनु हो । देशको विकास के कसरी गर्न सकिन्छ भन्ने कुरा सबै बिज्ञहरु सँग सरसल्लाह र सुझाब लिएर सरकारले कामलाई अघि बढाउनु पर्छ । देशको विकास समृद्धि र सुशासन कायम भयो भने सडकमा ढुङ्गा हान्न कोही आउँदैन् । सडकमा देखिएको असन्तुष्टि भनेको गरिबी अभाव र बेरोजगारी समस्याले गर्दा हो । मानिस काममा ब्यस्त हुने वातावरण निर्माण हुन थाल्यो भने को आउँछ सडकमा प्रर्दशन गर्न ? काम नपाएर बेरोजगारीहरुको भिड नै सडक तताउने माध्यम बनेको छ । हामीले बेरोजगारी समस्या समाधान गर्ने कुरामा कहिल्यै पनि ध्यान दिन सकेनौँ। हो अहिले विश्वब्यापी कोरोना भाइरसले संसारलाई नै आक्रान्त बनाएको छ । यसबाट नेपाल पनि अछुतो रहन सकेन ।

कोरोना भाइरसको कारणले लामो समय लकडाउन भयो । मान्छेहरुले आफ्नो पेसा ब्यबसाय चलाउन पाएनन् । त्यसको असर अझै परिरहेको छ । मुलुकको आर्थीक अवस्था पनि चलायमान हुन सकिरहेको छैन । आम नागरिक पिडादायी अवस्थामा बाच्न बाध्य छन् । सरकारी तलब भत्ता खाने बाहेकको समस्या अझै पनि यथावत छ । जनताले तिरेको करबाट देशको शासन सत्ता चल्छ त्यही करबाट सरकारी कर्मचारी, सांसद, मन्त्री केन्द्र देखि प्रदेश हुँदै स्थानिय तहसम्म जनप्रतिनिधि पालिएका छन् । जनताले तिरेको कर सही रुपमा सदुपयोग भयो वा भएन भन्ने विषयमा भने अझै प्रश्न उठिरहेको छ ।

भ्रष्टचार रोकिएको छैन, कमिसन तन्त्र, दलाल र बिचौलियाको बिगबिगी नै छ । यसले गर्दा देशको भविष्य पछाडि धकेलिएको छ । मनपरि तन्त्रले देशलाई निकास दिन सक्दैन् । अब मुलुकले निकास पाउनु पर्छ । सत्तारुढ दल भित्रको विवाद अन्त्य गरेर पनि त सरकारले मुलुकको भविष्यप्रति ध्यान केन्द्रित गर्नुपर्छ । मुलुकलाई सही गति दिनेहो भने पार्टी भित्र विवाद हुनु हुँदैन । पार्टी विवादले देशमा समस्या उब्जाएको छ । यी यावत समस्या समाधान गर्न सरकार गम्भिर हुनु पर्दछ ।

अहिले देशी, विदेशी शक्तिहरु पनि नेपालमा चलखेल बढाई रहेका छन् । यस्तो अवस्था आउनु भनेको सत्तारुढ दल भित्रको आन्तरिक विवाद नै प्रमुख विषय हो । नेकपाले आन्तरिक विवाद छिटो समधान गर्ने बाटो तर्फ अघि बढ््नु पर्छ । पद, पैसा र शक्ति नहेरेर एक पटक जनताको मुख हेर्नु पर्ने अवश्था आएको छ । नेकपा भित्रको विवाद देखेर कुनै पनी जनता खुसी छैनन् । आम नेता कार्यकर्ता चिन्तित छन् । विपक्षी दल काङग्रेसले समेत यो पार्टी फुट्नु हुँदैन पार्टी एक ढिक्का भएर अघि बढ्नु पर्छ भनी रहेका छन् । सत्तारुढ दल विभाजन हुनु हुँदैन, यदि विभाजन भै हाल्यो भने लोकतन्त्रलाई खतरा छ । अहिले नेपाली काङग्रेसकोे देश ब्यापी सरकार विरोधि प्रर्दशन भैरहेका छन् । यो सरकारलाई सच्चिकै दवाव दिएको हो ।

दलहरु र तिनका नेताहरु नसच्चिए सम्म मुलुकले सहि बाटो लिन सक्दैन । मुलुक सुधार गर्ने हो भने सबै भन्दा पहिला नेतृत्ववर्ग सुर्ध्रनु आवश्यक छ । झुटा कुरा गरेर मात्र हुँदैन । जनतालाई काम गरेर देखाउनु पर्छ । जनताले आस्वासन खोजेका होइनन् । परिणम खोजेका हुन् । हिजो जनतालाई आस्वासन दिएका कुरा कार्यान्वयन भएको देखिदैन । हो, जनताले खोजेको त्यहीँ हो । राजनीतिक दल र तिनका नेताहरुले जनतालाई आस्वासन मात्र दिने होइन, आस्वासनलाई कार्यान्वयन गरेर देखाउनु पर्छ । जनताका पिरमर्का बुझने सरकारको आबश्यकता छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको